Websoft University

महिलाहरु मात्र रहेको उपभोक्ता समितिले दमक८को मनकामना टोलमा पक्की ढल निर्माणको काम शुरु




दमक,बैशाख १५ गते | महिलाहरु मात्र रहेको उपभोक्ता समितिले दमक८को मनकामना टोलमा पक्की ढल निर्माणको काम शुरु गरेको छ । 

उनीहरुको उपभोक्ता समितिले केही दिन अघिवाट मनकामना टोलमा श्रीअन्तु मार्ग पक्की ढल निर्माणको काम शुरु गरेको हो । गत चैत २६ गते दमक ८को वडा कार्यालयले मनकामना टोलमा आयोजना गरेको उपभोक्ताहरुको भेलाको छलफल पछि महिलाहरु मात्र रहेको श्रीअन्तु मार्ग पक्की ढल निर्माण उपभोक्ता समिति गठन गरेको थियो । 

मनकामना टोलको उत्तरको भानु मार्ग र दक्षिणको नारायण मार्ग बीचमा पर्ने २० फुट चौडाई र १सय२४ मिटर लम्वाईको पक्की ढल निर्माण शुरु भएको पक्की ढल निर्माण उपभोक्ता समितिले जनाएको छ । 

दमक ८को संशोधित १० लाख बजेट लगानी रहेको पक्की ढल निर्माणको काम आउदो असार १५ गते सम्म सक्नु पर्ने गरी सम्झौता गरी काम भइरहेको श्रीअन्तु मार्ग पक्की ढल निर्माण उपभोक्ता समिति अध्यक्ष देवीमाया पौडेल (भावना) ले बताउनु भयो ।

गत चैत २६ गते भएको उपभोक्ताको भेलाले देवीमाया पौडेल (भावना)को अध्यक्षतामा ७ सदस्यीय श्रीअन्तु मार्ग पक्की ढल निर्माण उपभोक्ता समिति गठन गरेको दमक ८का वडा सदस्य पदम गिरीले जानकारी दिनु भयो । 

भेलाले निर्माण उपभोक्ता समितिको सचिवमा खड्ग माया सापकोटा र कोषध्यक्षमा मिना कुमारी न्यौपानेलाई चयन गरेको छ । 

समितिको सदस्यहरुमा दिल कुमारी न्यौपाने, प्रमिला अधिकारी,जुन कुमारी राई र स्मीता घिमिरेलाई चयन गरेको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.