Websoft University

प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन माग

 


काठमाण्डौ मंसिर १० गते । रातो तारा डट कम, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउन माग गर्दै कानुन व्यवसायीसहित विभिन्न पेसागत संस्था र बृहत्त नागरिक आन्दोलनले प्रदर्शन गरेका छन् । आन्दोलनले प्रधानन्यायाधीमाथि महाभियोग लगाउन र उहाँको सम्पत्ति छानबिन गर्न माग गर्दै आज ‘न्याय–मार्च’ गरेको हो । विभिन्न पेसागत सङ्गठनहरूको अगुवाइमा सर्वोच्च–बालुवाटार न्याय मार्च सुरु गरिएको हो । ‘न्याय मार्च’ मा नेपाल पत्रकार महासङ्घ, शिक्षक महासङ्घ, इन्जिनियर्स एशोसिएसन, जनस्वास्थ्य सङ्घ, आदिवासी जनजाति महासङ्घ र बृहत् नागरिक आन्दोलनको पनि सहभागिता थियो । सर्वोच्च अदालत अगाडिबाट सुरु भएको ‘न्याय मार्च’ माइती घर मण्डला–भद्रकाली–सडक–रत्नपार्क हुँदै बालुवाटार पुगेको थियो । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले तोकेका इजलास कात्तिक ८ देखि बहिष्कार गर्दै आएका छन् । सुरुमा सर्वोच्च अदालतमा केन्द्रित रहेको बारको आन्दोलन विस्तार भएर देशभरका अदालतमा पुगिसकेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.