Websoft University

मोरङ प्रहरी प्रमुख जिसीबाट गछिया चौकीमा रहेको भगबती मन्दिरको उद्घाटन१ मोरंग सुन्दरहरैंचा नगरपालिका वडा ७ मा रहेको गछिया चौकीको हवाई महल तथा दुर्गा मन्दिरको उदघाटन मोरंग जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जिसीले एक कार्यक्रम बीच उदघाटन गरेका छन्। अजम्बर राई तथा स्वर्गीय चन्द्रकला राईका छोरा पुर्व प्रहरी जवान बाबुराम राइले आफ्नो लगानीमा उक्त दुर्गा मन्दिरको निर्माण गरेका हुन्। सुनसरी जिल्लाको इटहरी प्रवेश गर्ने लोकमार्ग नजिक रहेको चौकीको उदघाटन गर्दै एसपी जिसीले शान्ति शुरक्षा मात्र नभएर अब कोभोड़ (१९ ले स्वास्थ्य सुरक्षामा पनि आवश्यक रहेको बताउदै यसबाट सबैले शान्ति सुरक्षा कायम गर्न, अनुसन्धानका कार्यमा सहयोग पुर्याउन समुदायको ठुलो साथ र सहयोग चाहिने बताउनु भयो। उक्त मन्दिर निर्माण गर्न मोरंग प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङ्ग , प्रहरी नायब निरीक्षक दुर्गा बहादुर पोमु लिम्बु , दीपन थापा प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ , तिर्थ भण्डारी, प्रहरी हबल्दार कपलेश्वर यादब, बलबहादुर खड्का लगायत प्रहरी कर्मचारीको बिशेष सहयोग रहेको छ। यस ठाउँमा प्रहरी चौकी निर्माण गर्न निकै बिबाद र संघर्ष र चुनौती गरेर स्थानियको सहयोगमा पहिलो तल्ला निर्माण गरि स्थापना गरिएको हो। सो क्षेत्रका वडा अध्यक्ष चैतन्य सिटौलाले यस गछिया चौकीका लागि डिएसपीको दरबन्दी सहितको इलाका प्रहरी कार्यालय निर्माण गर्न मोरंग प्रहरी प्रमुख जिसी संग पहल गरेका छन्। स्थानिय तबरबाट यहाँका जनताको साथ रहने सिटौलाको भनाई छ। प्रहरी र समुदाय बीच परिपुरक सम्बन्ध रहेको भन्दै यहाँका युवा नबिन बरालको अगुवाईमा हवाई महल समेत निर्माण भएको छ। स्थानिय नगरपालिकाले यस प्रहरी चौकीको निर्माण कार्यमा चासो देखाएपनि स्थानिय युवाहरुको समेत प्रहरी प्रति उतिकै समन्वय रहेको छ। प्रहरीको हातहतियारको पुजा गर्न देखि मेलमिलाप गर्न र बस्न आवश्यक रहेको हुँदा हवाई महल र मन्दिर निर्माण गरियो। पुर्व प्रहरी बाबुराम राईले सुरुमा प्रहरीमा रहेर सेवा गरे पनि सामाजिक दायित्व पुरा गर्न आफ्नै लागानीमा उक्त मन्दिर निर्माण गरेका हुन्। युवाहरुको यस किसिमको कार्य र प्रहरी समुदाय बीचको राम्रो सम्बन्ध हुने हो भने अपराधिक घटनामा न्युनिकरण हदै सम्म हुनेछ

 


 मोरङ। रातो तारा डट कम, सुन्दरहरैंचा नगरपालिका वडा ७ मा रहेको गछिया चौकीको हवाई महल तथा दुर्गा मन्दिरको उदघाटन मोरंग जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जिसीले एक कार्यक्रम बीच उदघाटन गरेका छन्।  अजम्बर राई तथा स्वर्गीय चन्द्रकला राईका छोरा पुर्व प्रहरी जवान बाबुराम राइले आफ्नो लगानीमा उक्त दुर्गा मन्दिरको निर्माण गरेका हुन्। 


सुनसरी जिल्लाको इटहरी  प्रवेश गर्ने लोकमार्ग नजिक  रहेको चौकीको उदघाटन गर्दै एसपी जिसीले शान्ति शुरक्षा मात्र नभएर  अब कोभोड़ १९ ले स्वास्थ्य सुरक्षामा पनि आवश्यक रहेको बताउदै  यसबाट सबैले  शान्ति सुरक्षा कायम गर्न, अनुसन्धानका कार्यमा सहयोग पुर्याउन समुदायको ठुलो साथ र सहयोग चाहिने  बताउनु भयो। 

उक्त मन्दिर निर्माण गर्न मोरंग प्रहरी नायब उपरीक्षक  मन्जिल मुकारुङ्ग ,  प्रहरी नायब निरीक्षक दुर्गा बहादुर पोमु लिम्बु , दीपन थापा प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ , तिर्थ भण्डारी, प्रहरी  हबल्दार कपलेश्वर यादब, बलबहादुर खड्का लगायत प्रहरी  कर्मचारीको बिशेष सहयोग रहेको छ। यस ठाउँमा प्रहरी चौकी निर्माण गर्न निकै बिबाद र संघर्ष र चुनौती गरेर स्थानियको सहयोगमा पहिलो तल्ला निर्माण गरि स्थापना गरिएको हो।  सो क्षेत्रका वडा अध्यक्ष चैतन्य सिटौलाले यस गछिया चौकीका लागि डिएसपीको दरबन्दी सहितको इलाका प्रहरी कार्यालय निर्माण गर्न मोरंग प्रहरी प्रमुख जिसी संग पहल गरेका छन्।  स्थानिय तबरबाट यहाँका जनताको  साथ रहने सिटौलाको भनाई छ। 

प्रहरी र समुदाय बीच परिपुरक सम्बन्ध रहेको भन्दै यहाँका युवा नबिन बरालको अगुवाईमा हवाई महल समेत निर्माण भएको छ।

स्थानिय नगरपालिकाले यस प्रहरी चौकीको निर्माण कार्यमा चासो देखाएपनि स्थानिय युवाहरुको समेत प्रहरी प्रति उतिकै समन्वय रहेको छ।  प्रहरीको हातहतियारको पुजा गर्न देखि मेलमिलाप गर्न र बस्न आवश्यक रहेको हुँदा हवाई महल र मन्दिर निर्माण गरियो।  पुर्व प्रहरी बाबुराम राईले सुरुमा प्रहरीमा रहेर सेवा गरे पनि सामाजिक दायित्व पुरा गर्न आफ्नै लागानीमा उक्त मन्दिर निर्माण गरेका हुन्।

युवाहरुको यस किसिमको कार्य र  प्रहरी समुदाय बीचको राम्रो सम्बन्ध हुने हो भने अपराधिक घटनामा न्युनिकरण हदै सम्म हुनेछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.