Websoft University

बाल दिवसमा न्यूरोले दियो छुटै छुट, हप्ताभरी विविध कार्यक्रम


विराटनगर। रातो तारा डट कम, अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर विराटनगरस्थित न्युरो हस्पिटलले विविध कार्यक्रम सुरू गरेको  छ । अस्पतालले हप्ताभरी विभिन्न कार्यक्रम गरि बाल दिवस मनाएको छ ।

अस्पतालले सोमबार स्कूलमा अध्यरत विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । विराटनगरस्थित लर्डबुद्ध स्कूलमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुको साथै औषधी पनि वितरण गरेको थियो । स्कूलमा अध्ययनरत साना बालवालिकाहरुको स्वास्थ्य परीक्षण न्यूरो अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. सुरेश प्रसाद साह र दन्तरोग विशेषज्ञ डा. अमित प्रताप साहले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । यस्तै विराटनगर १६ दरैया बस्तीमा पनि मंगलबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरियो । उक्त शिविरमा एक सय बढीकोे निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षण गरिएको बालवालिकाहरुलाई लाग्ने औषधी पनि निःशुल्क वितरण गरेको अस्पतालले जनाएको छ । उतm शिविर आभा फाउन्डेसनको सहकार्यमा भएको थियो । 

यसैगरि अस्पतालले हप्ताभरी बालबालिकाहरुको निःशुल्क ओपीडि राखेको छ । ओपीडिमा आएका विरामीको स्वास्थ्य परीक्षण गरेपछि ल्याब तथा अन्य सम्पूर्ण जाँचमा ५० प्रतिशत छुट दिएको अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले जानकारी दिइन् । 

यअघि पनि न्यूरोले विश्व मधुमेह दिवसको अवसर पारेर सचेतना मूलक कार्यक्रम गर्नुको साथै निःशुल्क मधुमेह जाँच पनि गरेको थियो ।

न्यूरो अस्पतालले यसअघि पनि विभिन्न अवसर पारेर जाँच तथा उपचारहरु निःशुल्क तथा छुटसहित प्रदान गर्दै आएको छ । आउँदा दिनहरुमा यस्ता कार्यक्रममलाई निरन्तार दिने कार्यकारी निर्देशक विष्टले बताइन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.