कार्यक्रम दिउँसो १ बजे डेन्टल ब्लकमा ब्यानर ड्रपसहित सुरु गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथी कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिन हुनुहुन्थ्यो । भने अन्य अतिथीहरूमा कलेजका प्रिन्सिपल प्रा. डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय लगायत कलेजका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले मानव स्वास्थ्यमा मुख स्वास्थ्य त्यसमाथि दन्त स्वास्थ्य महत्वपूर्ण भएको बताउनु भयो । दाँत तथा मुखलाइ कसरी स्वस्थ राख्ने विषय समुदाय स्तरमै गएर सचेतना फैलाउनु पर्ने र त्यसका लागि कलेज प्रशासनले समेत आवश्यक सहजीकरण र सहयाेग गर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा अन्य वक्ताहरूले मुख स्वास्थ्य समग्र स्वास्थ्यको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै नियमित दन्त परीक्षण, सरसफाइ र जनचेतनाको आवश्यकतामा जोड दिनुभयो ।
“ह्याप्पी माउथ इज अ ह्याप्पी लाइफ” भन्ने नारासहित आयोजित प्यानल छलफलमा प्राध्यापकहरूले मुख स्वास्थ्यको महत्व र यसको दैनिक जीवनसँगको सम्बन्धबारे विचार व्यक्त गरेका थिए । साथै, विद्यार्थीहरूले सचेतनामूलक नाटक, नृत्य तथा अन्य प्रस्तुतिहरूमार्फत कार्यक्रमलाई आकर्षक बनाएका थिए ।
यसअघि बिहान आयोजित अन्य कार्यक्रमअन्तर्गत रील्स तथा पोस्टर प्रदर्शनी गरी मूल्याङ्कन गरिएको थियो । सहभागीहरूलाई प्रमुख अतिथी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभयो । कार्यक्रमले मनोरञ्जनसँगै जनचेतना अभिवृद्धि गर्दै मुख स्वास्थ्यप्रति सचेतना फैलाउन सहयोग पुगेको बताइएको छ ।


Post a Comment