Websoft University

स्थानीय तहको निर्वाचन तोकिएकै समयमा एकै चरणमा हुन्छ-गृहमन्त्री


बिराटनगर,चैत १४ गते। रातो तारा डट कम,
गृहमन्त्री बिमलेन्द्र निधिले सरकारले आगामी बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको निर्वाचन तोकिएकै समयमा एकै चरणमा हुने कुरा आज बिराटनगर  बिमानस्थलमा बताएका छन् । एन टिभी का मोहन मानन्धरले अनआबस्यक प्रश्न गरेको भन्दै गृहमन्त्री रिसाएका थिए।

पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठकका लागि सोमबार  आज १० बजै बिराटनगर आएका गृहमन्त्री निधिले बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी मोर्चासमेतको सहमति र सहभागितामा चुनावको वातावरण बनाउनेतर्फ सरकारले तयारी गरिरहेको जानकारी दिए ।

उनले भने, ‘दुई चरणमा चुनाव गर्ने बारेमा चर्चा भइरहे पनि सरकारले एकै चरणमा गर्ने निर्णय गरिसकेको छ, त्यसका लागि सुरक्षा लगायत सबै तयारी भइसकेको छ ।’

मधेसी मोर्चाको मूख्य मागको रुपमा रहेको सीमांकन हेरफेरबारे उच्चस्तरीय आयोग बनाएर चाँडै टुंग्याउन सरकार प्रयत्नशील रहेको गृहमन्त्री निधिले जानकारी दिए ।

निर्वाचन लक्षित सुरक्षा योजना बनाउन पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठक अहिले क्षेत्रीय प्रहरी कार्यालयको सभाहलमा सुरु भएको छ ।

बैठकमा क्षेत्रीय प्रशासक, पूर्वाञ्चल प्रहरी प्रमुखसहित सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका अधिकारीहरु सहभागी छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.