Websoft University

उपप्रधानमन्त्री निधिद्वारा पीडित साह परिवारलाई चेक हस्तानान्तरण


विराटनगर,चैत १४ गते । रातो तारा डट कम,
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आज मोरङको अमाही बरियाती–७ स्थित  खयरबन बस्ने मृतक वासुदेव साहकी धर्मपत्नी उर्मिलादेवी साहलाई सरकारको तर्फबाट राहतस्वरुप रु दस लाखको चेक हस्तानान्तरण गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालयमा आयोजित सो चेक हस्तानान्तरण कार्यक्रममा पूर्वका क्षेत्रीय प्रशासक राजेश्वरमान श्रेष्ठ, प्रहरी नायवमहानिरीक्षक रमेशप्रसाद भट्टराई सशस्त्रका प्रहरी नायवमहानिरीक्षक जानकीराज भट्टराई, प्रजिअ यज्ञराज कोइराला,पीडितका दुई छोरा गौंतम,जयकान्त र छोरी लक्ष्मी लगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो।

जिल्ला प्रशासन बाहिर कार्यालय सहिद घोषणाको माग गर्दै सघिय समाजवाद फोरम कार्यकर्ता लाइनमा बसेका थिए।

६ बर्षअघि २०६७ साल जेठ ११ गते  भारतीय सीमा सुरक्षा वल (एसएसबी)का दुई जवान नेपालको भूमिमा प्रवेश गरी ५५ बर्षीय बासुदेव साहलाई गोली प्रहार गरी हत्या गरेका थिए ।
तेल तस्करलाई लखेटदै भारतीय सीमा सुरक्षा वलको २४ औं बटालियनका निरीक्षक हितेन्द्र सिंह र हवल्दार मदन सिंह सादा पोशाकमा नेपालको भूमिमा प्रवेश गरेका थिए ।

स्थानीय प्रहरी चौकीका प्रहरीले उनीहरुको प्रतिरोध गरेपछि विवाद सुरु भएको थियो । सोही समयमा स्थानीयहरुले पनि एसएसबीका जवानको विरोध गर्दै फिर्ता जान आग्रह गरेपछि एसएसबीका जवानद्वारा चलाइएको गोलीबाट समाजसेवी रुपमा रहनु भएका साह गम्भीर घाइते भएका थिए ।
   
गम्भीर अवस्था घाइते भएका उहाँलाई उपचारका लागि विराटनगर ल्याउने क्रममा मृत्यु बाटोमैं भएको थियो ।
सो घटना घटेको दुई दिनपछि जेठ १३ गतेनै सुरक्षा समितिको बैठकले पीडित परिवारका लागि क्षतिपूर्तिको लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

सो अवसरमा  उपप्रधानमन्त्री एवम् गृहमन्त्री निधिले पीडित परिवारप्रति सम्वेदना प्रकट गर्दै ज्यानसँग क्षतिपूर्तिसँग तुलना गर्न नसकिने भएपनि परिवारका सदस्यको भावी जीवन अगाडि बढाउनका सो राहत रकम उपलब्ध गरिएको बताउनुभयो ।

भारतीय सीमा सुरक्षा वलबाट यस्तो घटना नहुनुपर्ने उल्लेख गर्दै उहाँले कञ्चनपुरको गोविन्द गौंतमसँग भएको घटनापछि मोरङमा पनि ६ बर्षअघि सोहीअनुरुपको घटना भएको चर्चाको थाहा पाएपछि मोरङ जिल्ला प्रशासनबाट वास्तविक जानकारी प्राप्त गरेर राहत उपलब्ध गराएको बताउनुभयो ।

सोही अवसरमा उहाँले मृतक साहका दुई छोराले म्याँदी प्रहरीमा भर्ना हुन चाहेमा भर्ना गर्नका लागि सम्बन्धित क्षेत्रीय प्रहरी कार्यालयलाई आग्रह गर्नुभयो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.