Websoft University

संविधान संशोधनमा लचकदार हुन नेतृत्वलाई कार्यकर्ताहरुको दबाव



काठमाडौं, चैत १७ गते। रातो तारा डट कम,
नेकपा एमालेका २ नम्बर प्रदेशका कार्यकर्ताहरुले राष्ट्रियसभाको प्रतिनिधित्व जनसंख्याकै आधारमा हुनुपर्ने
गरी संविधान संशोधनलाई समर्थन गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

बुधबार र बिहीबार महोत्तरीमा आयोजना गरिएको दुई नम्बर प्रदेशस्तरीय कार्यकर्ताको अगुवा भेलामा सहभागी प्रदेशका नेताहरुले संविधान संशोधन विधेयकमा पार्टीले लिएको अडानका बारेमा यस्तो सुझाव दिएका हुन् ।

सीमांकन हेरफेर, भाषा र नागरिकताको सवालमा पार्टीले लिएको नीति सही भए पनि राष्ट्रियसभाको प्रतिनिधित्व भने जनसंख्याकै आधारमा हुनुपर्ने एमालेका मधेसी नेता कार्यकर्ताहरुले सुझाव दिएको बैठकमा सहभागी नेताले
बताए ।

एमालेले राष्ट्रियसभामा प्रदेशहरुबाट समान संख्यामा प्रतिनिधित्व हुनुपर्ने अडान लिइरहेका बेला सोही पार्टीका मधेसी कार्यकर्ताले जनसंख्या र भूगोलका आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।

भेलामा पोलिटब्यूरो सदस्य तथा धनुषाका सांसद सत्रुघन महतोले संविधान संशोधन र स्थानीय चुनावको सम्बन्ध नभएकाले पहिले चुनाव त्यसपछि संशोधनमा जान सकिने बताएका थिए ।

कांग्रेसका मधेसी नेताहरुले संविधान संशोधन नगरी २ नम्बर प्रदेशमा चुनाव हुन नसक्ने भनिरहेका बेला एमालेका मधेसी नेता कार्यकर्ताले भने चुनावमा जानैैपर्ने अडानमा कायम रहन नेतृत्वलाई सुझाव दिएका हुन् ।

सिराहाका नेता रामअवतार यादवले मधेसी जनता चुनावको पक्षमा रहेकाले मोर्चाकै कारण चुनाव रोक्नुपर्ने अवस्था नरहेको बताए ।

एमालेको प्रदेश भेलाले सप्तरी बाहेकका मधेसका अन्य जिल्लाहरुमा निर्वाचन जित्न सकिने निश्कर्षसमेत निकालेको छ । भेलामा सप्तरीबाहेक अन्य जिल्लाका अध्यक्षहरुले चुनाव जित्ने रिपोर्ट पेश गरेको स्रोतले बतायो ।

सप्तरी जिल्लामा भने मोर्चा, कांग्रेस र माओवादीले एमाले कार्यकर्तालाई गाउँमा जान समेत अवरोध गरेकाले प्रतिकुल अवस्था रहेको एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले बैठकमा रिपोर्ट पेश गरेका थिए । अनलाइनबाट



बुधवारदेखि बर्दिबासमा शुरु भएको २ नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेलामा सो प्रदेश अन्तर्गतका ८ जिल्ला अध्यक्षले आ(आफ्नो जिल्लाका स्थानीय तहको सम्भावित चुनावी आँकलन सहितको रिपोर्ट पेश गरेका थिए ।

सप्तरी बाहेक अन्य जिल्लाबाट पहिलो पार्टी बन्ने आँकलन पेश भएको धनुषा क्षेत्र नम्बर ५ का अध्यक्ष शीतल साहले बताए ।

प्रदेश कमिटी, जिल्ला कमिटी, क्षेत्रीय कमिटीका पदाधिकारी र गाउँ तथा नगर कमिटीका अध्यक्ष तहका अगुवा कार्यकर्ताको सहभागिता रहेको भेलामा मधेसमा एमालेको अवस्थाबारे छलफल भएको साहले बताए ।

नेताले भने(मधेस बिरोधी भन्ने भ्रम चिरौं

भेलाको समापनमा कार्यकर्तालाई सम्बोधन गर्दै बरिष्ठ नेता तथा रौतहटका जनप्रतिनिधि माधवकुमार नेपालले मधेसी र मधेसीको हितको पक्षमा एमालेले गरेका काम र लिएका सही नीतिको बारे तल्लो तहसम्म सही सूचना प्रवाह गर्न नसकिएको स्वीकार गरे ।

उनले एमालेले मधेसको पुर्वाधार विकास र सामाजिक न्यायको पक्षमा गरेका काम र बिनियोजन गरेको बजेटको बारेमा गाउँ गाउँमा जनतालाई बुझाउन पार्टी पंक्ति परिचालित हुनुपर्ने बताए ।

त्यस्तै महासचिव ईश्वर पोखरेलले मधेस एमालेको आधारभूमी भएकाले मधेस बिरोधी कहिल्यै हुन नसक्ने बताए । उनले कार्यकर्तालाई एमालेलाई मधेस बिरोधी भनेर गरिएको प्रचारको खण्डन गर्न कार्यकर्तालाई निर्देशन दिए ।

सचिव योगेश भट्टराईले मधेसविनाको नेपाल र एमालेविनाको मधेस कल्पना गर्न नसकिने बताए । उनले आउने स्थानीय चुनावमा एमालेले २ नम्बर प्रदेशका १२८ मध्ये एक सय स्थानीय तह जित्ने गरी लाग्नुपर्ने बैठकमा बताएका थिए ।
अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.