Websoft University

चुनावी विवादमा काँग्रेस कार्यकर्ताबीच कुटाकुट


विराटनगर,चैत १७ गते । रातो तारा डट कम,
मोरङको बेलबारी नगरपालिका ३ मा स्थानीय निकाय निर्वाचनका विषयमा विवाद हुँदा गयराति काँग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ ।

काँग्रेसका क्षेत्रीय सदस्य बेलबारी ५ का राजेन्द्र अधिकारी र तरुण दलका क्षेत्रीय सदस्य जीवन राई समूहबीच कुटाकुट भएको हो । राई समूहको अक्रमणमा परेर अधिकारी घाइते हुनु भएको छ । चिरपट र भाटा प्रहारबाट चोट लागेपछि टाउकोमा तीनवटा टाँका लगाइएको छ ।

अधिकारीको स्थानीय जीवन मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीय निर्वाचनमा बेलबारी नगरपालिका ५ मा वडा अध्यक्षको उमेद्धवारको दावी गर्दै आएका दुई समूहबीचको विवाद उत्कर्षमा पुगेपछि घटना भएको प्रहरीले जनाएको छ ।

काँग्रेसले आधिकारिक उमेद्धवार छनौट नगरे पनि अधिकारी र राई दुबै जनाले ५ नम्बर वडाको अध्यक्षको उमेद्धवार आफूले पाउने दावी गर्दै आएका छन् । दुबै जनाले अध्यक्षको उमेद्धवारमा आफू बलियो रहेको दावी गरिरहँदा विवाद कुटपिटमा परिणत भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

संगै बसेर बेलबारी ३ स्थित एउटा होटलमा मादक पदार्थ सेवन गरेपछि घर जाने क्रममा काँग्रेस कार्यकर्ताबीच बाटोमा कुटाकुट भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा ४० वर्षीय नविन राईलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले बताउनु भयो ।

उहाँले निर्वाचन नजिकिंदै जाँदा सम्भावित उमेद्धवारको समर्थन र विरोधमा एउटै पार्टीका कार्यकर्ताबीच हातहालाहाल भएको बताउनु भयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.