Websoft University

एयरपोर्टमा पनि देखियो निधि र थापाको वरियता विवाद


काठमाडौं, चैत १६ गते । रातो ता डट कम,
उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीचको वरियता विवाद प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेको बेलामा पनि देखिएको छ ।

चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री प्रचण्डको स्वागत गर्न सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीत्रय विमलेन्द्र निधि, कमल थापा, कृष्णबहादुर महरालगायत त्रिभुवन विमानस्थल पुगेका थिए ।

स्वागत गर्नेहरुको लहरको पहिलो नम्बरमा कमल थापा थिए । दोस्रोमा निधि र तेस्रोमा महरा थिए । तर निधि कमल थापाको छेउँमा उभिन चाहेनन् । उनले तेस्रो नम्बरमा रहेका कृष्णबहादुर महरालाई तानेर आफू र कमल थापाको बीचमा उभ्याए ।

स्वागत गर्ने लाइनमा निधि र थापा सँगै भए पनि प्रधानमन्त्री प्रचण्डको पत्रकार सम्मेलनमा भने निधि अनुपस्थित भए । स्रोतले अनलाइनखबरसँग भन्यो, ‘वरिष्ठताको विवाद आज एयरपोर्टमा पनि देखियो । पत्रकार सम्मेलनमा निधि बसेनन् । उनी तलै बसे ।’



वरियता विवादका कारण प्रधानमन्त्री प्रचण्ड कार्यवाहक प्रधानमन्त्री नतोकी चीन भ्रमणमा गएका थिए ।

प्रधानमन्त्री कार्यालयको वेबसाइटमा भने निधिपछि थापाको नाम उल्लेख छ । यसले के संकेत गर्दछ भने प्रधानमन्त्री प्रचण्डपछि दोस्रो वरियतामा निधि र तेस्रो वरियतामा थापा छन् । चौथो वरियतामा कृष्णबहादुर महराको नाम उल्लेख छ ।

नेपालको ३९ औं प्रधानमन्त्रीको रुपमा गत साउन १९ गते निर्वाचित भएको भोलिपल्टै प्रचण्डले निधि र महरालाई उपप्रधानमन्त्री नियुक्त गरेका थिए । राप्रपा अध्यक्ष थापा भने गत २६ फागुनमा सरकारमा सहभागी भए । त्यसलगत्तै उनले निधिभन्दा आफू वरिष्ठ भएको दाबी गरेका थिए ।

वरियता विवादकै कारण सैनिकमञ्च टुँडिखेलमा आयोजित घोडेजात्रा समारोहमा निधि र थापा दुबै अनुपस्थित थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.