Websoft University

भारतको मिचाइ दुनियाँले हेरिदिनु परो ? रूख पो सीमनारे।


काठमाडौं -कञ्चनपुर, चैत १६ गते । रातो तारा डट कम,
दुई देशको सिमाना एउटा हरियो रुखले छुट्याएको छ भन्दा पत्यार लाग्न गाह्रो होला । तर अठार दिनअघि सिमानामा ज्यान गुमाएका सहिद गोविन्द गौतमलाई गोली लागेको स्थानमा रहेको डुंग्रीको रुखलाई भारतले २०० नम्बर सीमा स्तम्भ भएको दाबी गरिरहेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका( ८ आनन्द बजार सीमा क्षेत्रमा भारतले दाबी गरेको डुंग्रीको रुख भन्दा वरै नेपाली पक्षले पुनर्वास नगरपालिकाको सहयोगमा कल्भर्ट निर्माण गरिरहेको विषयमा विवाद भएर भारतीय सुरक्षाकर्मीबाट गोली चल्यो र गोविन्द गौतम सहिद भए ।

घटनापछि सिंगो देश केही दिन तरंगित बन्यो । आनन्द बजारको सीमाक्षेत्रका बारेमा अनेक अड्कलबाजी समेत गरिए । भूमि रक्षाका लागि सहिद भएको भन्दै गौतम परिवारलाई अझैपनि देश(विदेशमा छरिएर रहेका नेपालीले सहयोग गरिरहेका छन् ।

उक्त क्षेत्रमा लामो समयदेखि हराएको २०० नम्बर सीमास्तम्भको खोजी समयमै गरिएको भए घटना नै हुने थिएन भनेर आनन्द बजारवासीले बताउँदै आएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.