Websoft University

बेग्लाबेग्लै स्थानमा आगालगीबाट चार लाख पचास हजारको क्षति



विराटनगर, फाल्गुन १४ गते। रातो तारा डट कम,
संखुवासभाको मकालु मकालु गाविस-७ बस्ने अमृतलाल राईको घरमा आगलागी हुँदा राईको तीन लाख बराबरको क्षति भएको छ।

साँझ ६ बजे खाना पकाउनेक्रममा राईको घरमा अचानक आगलागि भएको हो। आगलागीबाट ढुङ्गा माटोले बनेको दुई तले घर तथा घरभित्र रहेको सम्पुर्ण सामानहरु जल्दा तीन लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी स्थानीय प्रहरी र गाउँलेको सहयोगमा साँझ १८:४० बजे नियन्त्रण गरिएको छ। यसैगरी सप्तरीखो राजविराज नगरापलिका ७ स्थित राम राउतको घरमा साँझ साढे सात बजेतिर बिधुत सर्ट भई आगलागी भएको छ।

आगलागीबाट राउतको टाटी बेरा र टिनले बनेको एक घर जल्दा अन्दाजी दुई लाख पचास हजार बराबरको क्षति भएको छ। आगलागी स्थानीय प्रहरी, दमकल र गाउँलेको प्रयासमा साँझ १९:४५ बजे नियन्त्रण गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.