Websoft University

दुनियाका सबै आप्रवासी मध्ये आधा भन्दा धेरै आप्रवासीहरु केवल १० वटा देशमा बस्दछन्



बिराटनगर, फागुन १५ गते । रातो तारा डट कम-
यो तथ्य थाहा पाउँदा धेरैलाई आश्चर्य लाग्ला की दुनियाका सबै आप्रवासी मध्ये आधा भन्दा धेरै आप्रवासीहरु केवल १० वटा देशमा बस्दछन् । पछिल्लो २५ वर्षमा विश्वका आप्रवासीहरुको २० प्रतिशत त अमेरिकामा मात्र रहँदै आएका छन् ।

संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको हालैको रिपोर्ट अनुसार विभिन्न कारणले विश्वका विभिन्न देशका गरी कुल ४ करोड ६६ लाख मानिस आफ्नो देश छाडेर अमेरिका छिरेका छन् ।

तर यदि जनसंख्याको अनुपातको हिसाब गर्ने हो भने त युएइ विश्वमा जनसंख्याको अनुपातमा सबैभन्दा धेरै आप्रवासी रहेको देशमा पर्दछ । युएइको कुल जनसंख्याको ८८.४ प्रतिशत आप्रवासी रहेका छन् ।

रिपोर्ट अनुसार यो शताव्दीको सुरुमा १७ करोड ३० लाख मानिसले आफ्नो देश छाडेकोमा सन् २०१५ सम्ममा आफ्नो देश छाडेर अर्को देश पस्ने मानिसहरुको संख्या २४ करोड ४० लाख पुुग्यो । ती मध्ये २ करोड त शरणार्थी नै थिए ।

तथ्यांकमा आप्रवासी
यी हुन् सबैभन्दा धेरै आप्रवासी भएका देशहरु
अमेरिका – ४ करोड ६६ लाख
जर्मनी – १ करोड २० लाख
रुस- १ करोड १६लाख
साउदी अरब – १ करोड २ लाख
बेलायत – ८५ लाख
युएइ – ८१ लाख
क्यानडा – ७८ लाख
फ्रान्स – ७८ लाख
अस्ट्रेलिया – ६८ लाख
स्पेन – ५९ लाख

देशको जनसंख्याको अनुपातमा धेरै आप्रवासी भएका देशहरु
युएइ – ८८.४ प्रतिशत
कतार – ७५.५ प्रतिशत
कुुबेत – ७३.६४ प्रतिशत
लिचेस्टाइन – ६१.८२ प्रतिशत
एण्डोरा – ६०.१२ प्रतिशत
मकाउ – ५८.२८ प्रतिशत
मोनाको – ५५.३७ प्रतिशत
बहराइन – ५१.१४ प्रतिशत
सिंगापुर – ४५.३९ प्रतिशत
लक्जेम्बर्ग – ४३.९७ प्रतिशत
बीबीसी बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.