Websoft University

कर्मचारी र ट्यांकर मजदुरबीचको वार्ता मिल्यो, आजैदेखि इन्धन ढुवानी सुरु


विराटनगर, फाल्गुण १२ गते । रातो तारा डट कम-
नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालयका कर्मचारी र ट्यांकर मजदुरबीचको वार्ता सकारात्मक भएको छ ।

आज बिहान भएको वार्ता मिलेसंगै मजदुरहरुले आन्दोलन फिर्ता लिएका छन् । आजैदेखि पूर्वाञ्चलमा इन्धन ढुवानी सुरु गरीएको छ ।

केही दिनदेखिको ट्यांकर मजदुरहरुको आन्दोलनका कारण पूर्वमा इन्धनको अभाव देखिन थालेको थियो । नेपाल आयल निगम पुर्वाञ्चल क्षेत्रीय कार्यलय विराटनगरमा कार्यरत कर्मचारी र ट्याङकरका सह–चालक बिचको बिबादले उपभोक्ताले प्ट्रोलीयम पदार्थ सहज रुपमा पाउन सकेका थिएनन् ।

गत फागुन ८ गते ना ४ ख ४१५० नम्बरको ट्याङकरका सहचालक किरण बम्जन र नेपाल आयल निगम क्षेत्रीय कार्यालयका कर्मचारी भरतकुमार मण्डल बिच बिबाद भएपछी ट्याङकर चालकहरुले ईन्धन ल्याउन र खन्याउन छाडेका थिए ।

सहचालक बम्जनलाई तिन महिना आयल निगमको डिपो छिर्न नदिने कारवाही गरेपछी ट्याङकर चालकहरु आन्दोलीत भएका थिए ।

आजको वार्तामा सहचालक बम्जनलाई १५ दिन मात्र निगमको डिपो छिर्न नदिने कारबाही गर्ने सहमती भएपश्चात दुइपक्ष बीचको वार्ता मिलेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.