Websoft University

समाजसेवा र गायन क्षेत्रमा क्रियाशिल नव गायिका अनुष्का घिमिरे


रोशन पोखरेल -
बिराटनगर, फागुन १५ गते । रातो तारा डट कम -
नेपाली लोक गित संगीतको क्षेत्रमा नयाँ नाम हो अनुष्का घिमिरे, बिगत २  बर्ष देखी कलाकारिता गायन
मा क्रियाशिल उनी लोकदोहोरी अन्तै नाता बाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेकि छिन ।

उनले हाल सम्म विभिन्न लय तथा शब्द सर्जकको विभिन्न गित गरी ६ वटा गितहरु बजारमा पठाइसकेका छन् भने अन्य थुप्रै गीतहरु अझै बजारमा आउने तयारीमा रहेको गायिका अनुष्काको भनाई रहेको छ । नेपाली गित संगितको बजार दिन प्रतिदिन धारासाहि वन्दै गएको अवस्थामा पनि लोक गित संगितलाई हामीले बचाएर राख्नुपर्छ भन्ने सोचमा उनी गायन यात्रामा लागेकी छिन।

नुवाकोटको सम्भुढुङगामा वि. स २०५२ साल असोज १८ गते जन्मिएकी उनी सानै उमेर देखी गायनमा विशेष रुचि राख्ने गरेको उनका साथी हरुको भनाई रहेको छ । आफनो आवाजलाई संगितिक आकाशमा प्रवाह गर्न पाउदा आफु लाई वेग्लै हौसला मिलेको उनी बताउछिन । नेपाली कलाकारितामा क्रियाशिल रहेको नयाँ आगन्तुकलाई खोज्ने क्रममा हाम्रा प्रतिनिधि रोशन पोखरेलले नव गायिका अनुष्का घिमिरे सगँ गर्नु भएको अन्तरंग कुराकानि ।

आजकाल के गदै हुनुहुन्छ ?
म आजभोली काठमान्डौको बुढानिल्कण्ठमा  बालहित संरक्षण केन्द्र भन्ने असाहाय बालवालिकाहरुको लागी हेरविचार गर्ने सस्था छ त्यसमा नै समाजसेवाको भावनाका साथ भाई बहिनीको संरक्षणमा लागी परेको छु ।  साथै , नेपाली लोक गित संगितमा पनि क्रियाशिल रहेको छु । आगामी नयाँ गितको तयारीमा रहेको छु ।

कलाकारितामा तपाई कसरी प्रवेश गनुभयो नी  ?
सानै उमेरदेखी  काठमान्डौमा हुदाँ विद्यालय स्तरका  कार्यक्रममा पनि सहभागि हुन्थे विशेषत मलाई सानै उमेरमा रेडियो , टेलिभिजनमा बझने गित संगितमा विशेष ध्यान जाने गर्थियो अनि सुरुमा रहरै रहरमा गित गाउने इन्छा जाग्दै गयो अनि पछि गएर नेपाली कला संगितमा पनि लाग्नुपर्छ है जस्तो महसुस भयो अनी मैले गित लेख्न गाउन अनि गित संगित प्रतिमोह बढदै गयो ।

तपाईको बाल्यकाल कहाँ वित्यो नी  ?
काठमान्डौको बासिक भन्ने ठाउँमा बाल्यकाल वित्यो । म सानै उमेर देखी ज्यादै चन्चले प्रकारको केटि भएर होला सवै सगँ मिलि हाल्ने र   प्रतियोगितात्मक कार्यक्रमको कुरा सुन्ने वितिकै सहभागि हुने हकि स्वभावको बानी थियो मेरो । सानै देखी हरेक सास्कृतिक कार्यक्रममा गित संगितमा गाउने गर्थे । अनि विद्यालयमा हुदाँ खुव कविता लेखियो  ।

परिवारमा कति जना सदस्य हुनुहुन्छ ?
५   जना  दाजु भाई २ जना दिदि वहिनी छौ हामी ।
गित सङ्गितमा लाग्ने सोच कहिले बन्यो र कहाँ बाट सुभारम्भ भयो ? म सानै देखि अतिरिक्त क्रियाकलापमा सकृय थिए, गित गजल बक्तित्वकला बादबिबाद हाजिरीजबाफ आदि इत्यादिमा सधै पुरस्कृत भैरहन्थे, गित गित संगीत मै लागौंला भन्ने सोच त थिएन तर नाम हुने सबैले चिन्ने काम गर्छु भन्ने थियो ,त्यसै क्रममा काठमान्डौमा रहेका साथीहरुको प्रेरणमा गित गाउने जोस बढेर आयो  आएपछि गित संगित सिक्नको लागी रहर लाग्यो अनि कलाकारिता क्षेत्रमा लाग्ने निर्णय गरे ।

प्राय लडिज कलाकारहरु अलिक धमण्डी हुन्छन रे  ?
हा हा हा  मानिसमा हरेक कुराको धमण्ड त हुन्छ नै । तर म अरु जस्तो धमण्डि बानि व्यावहार चै छेैन । अलिक मिलनसार भएर होला सवैको माया , ममता र स्नेह मैले पाएको छु ।

आजसम्मयहाँ द्वारा स्वरबद्ध गरिएको पहिलो गित कुन हो ?
अन्तै नाता जोड , दोश्रो  झुटो रहेछ तिम्रो माया बाध्यता एउटा हो जुन गित मा मैले अवसरको सुरुवाता मलाई श्रोता माझँमा आफनो आवाजको कला प्रस्तुत गर्ने अवसर पाएको थिए । जुन गित नेपाली मिडियामा राम्रो सगँ छाप पार्न सफल भयो । र आगामी दिनमा पनि संगितमा लागेर केह ीगर्न सकिने आधार बन्ने गित बन्न सफल भयो ।

तपाइँ बिबाहित हो कि अविवाहित ?
हा हा हा हजुर म अबिबाहित हुँ । अव चै केटा खोज्ने  विचारमा छु ।हा हा हा  बुढि छु जस्तो लाग्यो र हजुरलाई
अविवाहित हुनुहुदो रहेछ कतिको प्रेम प्रस्ताव आउछ नी
दिन दिनै नयाँ नयाँ साथी हरुले प्रेम प्रस्ताव राख्नुहुन्छ तर तर यस विषयमा मैले खोजे अनुसारको मानिस चै हालसम्म पाएको छैन ।

तपाई प्रेम मा कतिको विश्वास गर्नुहुन्छ ?
म प्रेममा धेरै विश्वास गर्छु । हामी कलाकार भएपछि सवैले माया गर्नुहुन्छ त्यसलाई हामीले सकारात्मक रुपमेै लिनुपर्छ होला जस्तो मलाई लाग्छ ।

तपाई कस्ताो साथी मन पराउनुहुन्छ ?
मलाई असल साथी धेरै मनपर्छ मनपर्छ । यस्तो उस्तो भन्ने कुनै क्राइट एरिया चै छैन मेरो लागी जो साथी सुख का साथै दुखमा पनि सहयोगको भावना होस त्यस्तो साथी मलाई औधि मनपर्छ ।

मेकअपमा कतिको खर्च हुन्छ ?
लेडिज हुँ सामान्य खर्च भै हाल्छ नी हेैन र ।तर अनावश्यक फजुल खर्च गर्ने बानि चै छैन मेरो ।
आफ्ना श्रोता तथा दर्शकहरुको राती कत्तिको फोन आउँछ ? अनि कतिको मोवाइलमा खर्च गर्नुहुन्छ ?
म सागितिक क्षेत्रमा क्रियाशिल भएकाले होला फोन त सुभचिन्तकको आइनै हाल्छ ।

 मेरो कामलाई डिस्टव हुने गरि चै आएको छैन । आफु पनि फुसर्दको समयामा अनाथ आश्रममा क्रियाशिल हुने भएकाले होला त्यति बास्ता हुदैन । मोवाइल बोके पछि सामान्य खर्च त भै हाल्छ नी हौन मासिक ५०० लाग्छ मेरो ।

विवाह मागी की प्रेम गर्ने ?
मागेर पनि अहिलेको समयमा विवाह हुन्छ त । भागेर गर्ने हो हा हा हा हा  मागी विवाह लाई नै प्राथमिकता दिने विचारमा
छु ।

राती राती आफ्ना शुभचिन्तक बाट फोन आइरहदा घरमा सदस्यको प्रतिक्रिया कस्तो आउछ  ?

राति कहिले काहि अलिक बढि नै कल आउने गर्छ कहिले काहि दिक्क महशुस पनि हुन्छ तर साथी हरुले आल सम्म अफटयारो हुने किसिमले चै कल गर्नु भएको छैन

हरेक दिनको दैनिकी कसरी सुरु हुन्छ ?
म विहान उठने वितिकै आफनो नित्य कर्म गर्छु जुन सवै मानिसले गर्नुहुन्छ । त्यस पछि म एक घन्टा गितको साधना गछु , हाम्रो अनार्थ बालबालिकाको आश्रम छ त्यसमा अधिकाश समय समय विताउछु र फुसर्दको बेलामा म गित संगित रेकड गर्न जान्छु ।

कलाकारिता क्षेत्रको श्रीबिध्दिको लागि राज्यले कलाकारको लागी कस्तो भुमिका निर्वाह गर्नुु पर्छ ?
कलाकारिता क्षेत्रको विकाशको लागी सर्वप्रथम त राज्य बाट नै नव कलाकार र ख्याति प्राप्त कलाकारका पिडा बुझने गरि कानुन को आवश्यकता देख्छु । जुन लोक परम्परा मा आधारित रहेर आफनो कला यात्रा गरिरहनुभएको छ । त्यसलाई सम्मान गर्नुपर्छ जस्तो लाग्छ ।

मिडियाको भुमिका ?
मिडिया भनेको राज्यको चौथो अंग हो ।त्यस कारण हरेक गित संगितलाई समावेशी तरिकाबाट लोक गित , आधुनिक गित, पप गित सवै गित प्रति समान धारणका साथ आफनो प्रकाशन तथा प्रसारण गृहबाट यथासम्भव साथ दिनुपर्छ । साथै कलाकारितालाई विकृतिको रुपमा नलिएर हामीले आफनो परम्पराको रुपमा लिनुपछिै,भाग्य र कर्ममा बिस्वास बढी कुन गर्नुहुन्छ ?

म दुबैलाइ उत्तैकै बिस्वास गर्छु , कर्म गरे भाग्य ढिलो चाडो अबश्य बन्नेछ । अन्तमा हाम्रा पाठकहरुलाइ छुटेका कुरा केही भन्न चाहानु हुन्छ ?

तपाईहरुको आत्मीय साथ र सहयोगको लागी धेरै धेरै धन्यवाद दिन चाहन्छु साथै तपाईहरुको यो मिडियाको अझ प्रगती को लागी शुभकामना दिन चाहन्छु । नेपाली गित संगितलाई माया गर्नुहोला र नव प्रवेशी लाई पनि साथ र सहयोग दिनुहोला भन्न चाहन्छु ।

धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा ।तपाई लगायत तपाई क्रियाशिल मिडियालाई लाई पनि धेरै धेरै आभार प्रकट गर्दछु , मेरो मनको तिता मिठा गन्थनको पोको फुकाउनी मौका दिनु भएकोमा, यो रातो      तारा डट कमले अनलाइनले सबैको मन जितोस भन्न चहान्छु।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.