Websoft University

उद्योग व्यवसाय फस्टाउनका लागि मुलुकमा शान्ति चाहिन्छ: उपनेता नेम्वाङ



विराटनगर,फागुन १७ गते । २०७३, रातो तारा डट कम,
नेकपा एमालेका संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले कृषि तथा औंद्योगिक क्षेत्रको प्रवद्र्धनका लागि विराट एक्स्पोलाई निरन्तरता दिनुपर्ने विषयमा जोड दिनुभएको छ ।

उद्योग सङ्गठन मोरङद्वारा आज आयोजित विराट एक्स्पोको समापनको अवसरमा उहाँले उद्योग व्यवसायलाई फस्टाउनका लागि मुलुकमा शान्ति स्थापना र सहज वातावरण हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

संविधान कार्यान्यनमा समस्या देखिएको प्रसङ्ग उल्लेख गर्दै उपनेता नेम्वाङले जसरी संविधान जारी गर्ने बेलामा दलहरु एकजुट भएका थिए, त्यसरी नै संविधान कार्यान्वयनका लागि दलबीच एकता आवश्यकता रहेको विषयमा जोड दिनुभयो ।

निर्वाचनको कुनै विकल्प नरहेको भन्दै उहाँले मधेश र मधेशी दलहरुबीच रहेको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयास गरिएपनि सफलता नमिलेको बताउनुभयो ।

संविधानसभाले बनाएको संविधानलाई विभिन्न घटना क्रममा सवैले स्वीकारेको उल्लेख गर्दै उहाँले निर्धारित समयमा तीनवटै तहको निर्वाचन नभएमा सङ्घीयता,समावेशी,धर्मनिरपेक्ष र गणतन्त्र संस्थागत हुन नसक्ने सम्भावना प्रकट गर्नुभयो ।

सोही अवसरमा उहाँले विराट एक्स्पो–०७३मा सहभागी भएका महिला घरेलु तथा कृषि क्षेत्रमा र औंद्योगिक उत्पादनमा उत्कृष्ट भएका तीन-तीन संस्थालाई पुरस्कृत
गर्नु भएको थियो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रजिअ यज्ञप्रसाद कोइराला,क्षेत्रीय कृषि निर्देशनालयका निमित प्रमुख राजेन्द्र उप्रेती र विराट एक्स्पोमा सहभागी व्यापारी नारायण राईले विराट एक्स्पोको सम्बन्धमा प्रकाश पार्नु भएको थियोे ।
तर आय र व्यायको हिसाब भने बताइएन जे होस
 बिराट एक्स्पो २०७३ आजै बाट समापन भयो।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.