Websoft University

पत्रकार भण्डारी पुरस्कृत



विराटनगर,फागुन १७ गते । रातो तारा डट कम,
शहीद लक्ष्मि  फूयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार अम्बिका भण्डारीलाई आज यहाँ पुरस्कृत गरिएको
छ ।

प्रेस सेन्टर मोरङको बिराटनगरमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र मोरङका इन्चार्य कुलप्रसाद साम्बा
कुसलले पत्रकार भण्डारीलाई सम्मानित गर्नुभयो ।

विसं २०६१ सालमा मोरङको बाहुनीमा आजकै दिन सहादत हुनु भएका फूयालको सम्झनामा स्थापित सो पुरस्कारको राशि १० हजारको रहेको छ ।

पुरस्कृत भण्डारी सयन्त्र डट कम आँनलाइन र साप्ताहिक सयन्त्र पत्रिकामा कार्यरत हुनुहुन्छ । प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष गोकुल पराजुलीको अध्यक्षतामा आायेजित कार्यक्रममा नेकपा (माओवादी)केन्द्रका इन्चार्य कुलप्रसाद साम्बा, मोरङ पत्रकार सङ्घका अध्यक्ष बन्धु पोखरेल,प्रेस सेन्टरका केन्द्रीय सचिव विवेक गौंतम,पत्रकारद्वय यज्ञ शर्मा र अनन्त न्योपानेले पुरस्कृत व्यक्तिलाई बधाइ दिनुका साथै सहिद फूयालले मुलुकमा गणतन्त्र स्थापनाका लागि गर्नु भएको योगदानको विषयमा आ–आफ्ना धारणा प्रकट गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.