Websoft University

पुर्व मंन्त्रीद्वारा कल्याणकारी माविको स्वर्णमहोत्सव उदघाटन



युवराज ठकुरी/सिंहदेवी,मोरङ, फागुन १३ गते । २०७३,
रातो तारा डट कम,उत्तरी मोरङ सिंहदेवीमा अवस्थित कल्याणकारी माविको स्वर्णमहोत्सवको उदघाटन पुर्वसस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री ,सुनसरी क्षेत्र न.९का साम्सद भीम आचार्यद्वारा उदघाटन   गरिएको छ।


महोत्सवको पहिलो दिन उदघाटन समारोहमा नेकपा एमाले मोरङ जिल्ला कमिटी इन्चार्ज रुपनारायण श्रेष्ठ,जिल्ला कमिटी अध्यक्ष बिनोद ढकाल लगायत,चन्दादाता,जग्गादाता,भुपु विद्यालय व्यबस्थापन समितिका अध्यक्षहरु,भुपु प्रधानाध्यापक,विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।

विद्यालय ५०औं वर्ष पुगेको अवसरमा फागुन १३गते देखि १६गते मनाउन लागिएको उक्त महोत्सवमा उद्घाटनका दिन विभिन्न जातजातिका झाकीहरु राई जातिको चन्डी,लिम्बू जातिको ढोल प्रस्तुत गरिएको थियो।

 स्वर्णमहोत्सवको उद्घाटनमा विभिन्न व्यक्तित्व सम्मानित भएका छ्न।सम्मानित हुनेहरुमा विद्यालयका संस्थापक संयोजक स्व बिष्णुबहादुर खाण ठकुरीकि धर्मपत्नी बिष्णुमाया खाण ठकुरी, जग्गादाता,संस्थापक विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्गबहादुर शाहीको छोरा अनरबहादुर शाही,उर्मिला लिला अक्षयकोषका संरक्षक गुणमाया लिम्बू,भुपु प्रअहरु चन्दादाताहरु रहेका छ्न।

  शिक्षक डब्लुबिक्रम खाण ठकुरीको सन्चालन मुलसमारोह समितिका संयोजक विव्यस अध्यक्ष दिलिपकुमार ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा हेमबहादुर ठकुरीद्वारा स्वागत मन्तव्य र प्रअ बसन्तकुमार खाण ठकुरीले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा छात्रछात्राहरुद्वारा नृत्य र लोक गायिका अन्जु गौतम र मन्जु गौतमले लोक गीत मार्फत कार्यक्रमको माहोल तताएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.