Websoft University

बाढी पीडितलाई कृषि विकास बैकको सहयोग


मोहन कुमार राई÷संखुवासभा असार ३० गते | आसर २ गतेको विनासकारी बाढी पहिरोबाट विस्तापित पीडितहरुको व्यवस्थापनको लागि नगरपालिका स्थानीय विपद व्यवस्थापन समिति मार्फत आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम आज चैनपुर नगरपालिकाको सहभाहलमा कृषि विकास बैँक लि. चैनपुर शाखाद्वारा १ लाखको चेक हस्तान्तरण गरिएको छ ।

बँैकले सामाजिक उत्तरदायित्व अन्तरगत विपदको चपेटामा परेका पहिरो पीडित नागरिकहरुलाई राहत पुगोस भन्ने उद्देश्यले १ लाखको चेक चैनपुर नगरपालिका नगरप्रमुख कृष्णकुमार तामाङ र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणप्रसाद ढकाललाई कृषि विकास लि.का प्रवन्धक सन्तोषजंग कार्कीले चेक हस्तान्तरण गर्दै विनासकारी बाढीपहिरो पीडित नागरिकहरुलाई सानो सहयोगको रुपमा आर्थिक सहयोग उपलब्ध गराएको बताउनु भयो ।

चेक हस्तान्तरण कार्यक्रममा चैनपुर नगरपालिका नगरप्रमुख कृष्णकुमार तामाङले असार २ गते पिलुवा खोला र हेवा खोलामा आएको बाढीले चैनपुर नगरपालिका सहित पाँचखपन नगरपालिका र मादी नगरपालिकामा ठूलो क्षति पुगेको बताउँदै यस दैवि विपत्तिको संकटको घडिमा कृषि विकास बैंकले आर्थिक सहयोग सराहनिय रहेको बाढी पीडित परिवारलाई यो आर्थिक सहयोग एकद्वार प्रणाली मार्फत वितरण गर्न प्रतिवद्ध रहेको बताउनु भयो । कार्यक्रममा चैनपुर नगरपालिका सामाजिक विकास शाखा प्रमुख सूर्यकिरण भण्डारी सहित सञ्चार कर्मी र कृषि विकास बैंकका स्टाफको सहभागिता रहेको कृषि विकास बैँकका कर्मचारी सन्तोष सुवेदीले बताए ।

बिपद ब्यवस्थापन समिति संखुवासभाको शुक्रबार बसेको बैठकले गत असार २ गते संखुवासभाको हेवा खोला र पिलुवा खोलामा आएको विनासकारी बाढी संगैको पहिरोमा बेपत्ताहुनेहरुको अन्तिम नामावली नेपाल सरकार गृह मन्त्रालयलाई सिफारिस गरि पठाउन निर्णय गरेको छ । नेपाल सरकारका विभिन्न सरोकार निकाय, नागरिक समाज, सुरक्षा कर्मी सहितले लामो समय खोज तथा उद्दारको कार्यमा लागे पनि हालसम्म विनासका बाढीले बेपत्ता बनाएका व्यक्तिहरुको अवस्था अज्ञात रहेकाले उनिहरुका परिवारलाई मृतक परिवारलाई सरह राहत उपलब्ध गराउनका लागि सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

शुक्रबार जिल्ला प्रसासन कार्यालय संखुवासभामा बिपद ब्यवस्थापन समितिको बैठक राखि जिल्ला स्थीत राजनीतिक दलका प्रमुख, शुरक्षा निकायका प्रमुख, जिल्ला स्थित पालिकाका प्रमुखहरु, संचारकर्मी र अन्य सामाजिक संघसंस्थाको प्रतिनिधिहरुको समेत उपस्थीतिमा उक्त निर्णय गरिएको हो ।

शुक्रबारको छलफलले बिपद र मनसुन अझै सक्रिय रहेकाले बिपदजन्य घटना न्यूनिकरणका लागि सबैपक्षलाई सजग र सतर्कताका साथ उच्च तैयारीमा रहन आवश्यक प्रयास गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको भनाई छ ।

गत असार २ गते आएको बाढिले स्थानीय सहित सुपर हेवाँखोला हाईड्रोपावर, अपर हेवाँखोला हाईड्रो र अम्मर कन्सट्रक्सन प्रालिमा कार्यरत २० जना ब्यक्तिहरु बेपत्ता भएका थिए भने ३ जनाको सव भेटिएकोमा २ जनाको सनाखत भएको र १ जनाको सनाखत हुन बाँकी रहेको छ । हेवा र पिलुवामा आएको विनासकारी बाढीले संखुवासभाका हेवा खोला पिलुवा खोलाको किनारमा रहेका खेतियोग्य जग्गामा कटान गरी बगरमा परिणत भएको छ । यस्तै संखुवासभामा निर्माणाधिन सुपर हेवाँखोला हाईड्रोपावर, अपर हेवाँखोला हाईड्रोपावर, पिलुवा खोला स्थित मेन्छ्याम हाइड्रोपावर, सभाखोलाको दिपसभा हाइड्रोपावर सहित यी खोलाबाट उत्पादनका लागि सुरु गरिएको हाइड्रोपावरमा विनासकारी बाढीले ठूलो क्षति पु¥याएको छ हेवा खोलामा आएको बाढीले चैनपुर–पाचखपन जोड्ने भञ्ज्यांखर्क स्थित मोटरएवल पुल बगाएको छ झोलुङ्गे पुलहरु बगाएको छ ।

 हेवा खोलाको दोभानमा रहेका घरटहरा सहित पशुचौपाय बगाएको छ । यसै गरी पिलुवाखोलाले समेत नूनढाकी–चैनपुर विहीबारेमा मोटरएवल पुल बगाउँदा पर्यटकीय स्थल गुफापोखरी र लालीगुराँसको राजधानी मिल्केजलजले क्षेत्र सहित मादी नगरपालिका आवतजावतमा समेत कठिनाई भएको चैनपुर नगरपालिका १ स्थित सिंहदेवी मा.वि.का शिक्षक दिपेन लिम्बुले बताएर । विनासकारी बाढीले मोटरएबल पुल बगाएपछि तत्काल पुल निर्माणका लागि नेपाल सरकारको शहरी विकास मन्त्री सीता गुरुङसँग संखुवासभाबाट प्रतिनिधिसभामा निर्वाचित संघिय सांसद एवं पूर्वराज्य मन्त्री तत्काल पुल निर्माण गर्न आग्रह गरेका छन् ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.