Websoft University

नेपाल तेक्वान्दो संघको साधारणसभा सम्पन्न


विराटनगर, असार ३० गते । नेपाल तेक्वान्दो संघ मोरङ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार विराटनगरमा आर्थिक वर्ष २०७९÷०८० को आर्थिक र संगठनको प्रतिवेदन पारित गर्दै साधारणसभा सम्पन्न भएको   छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले मार्सल आर्ट खेलको क्षेत्रमा तेक्वान्दोले एउटा छुट्टै प्रभाव जमाउँदै अन्तराष्ट्रिय स्तरमा देशको नाम राख्न सफल भएको बताए । खेलकुद नै एउटा यस्तो माध्यम हो जसले राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान दिन सकेको छ ।

एउटा असल समाज निर्माण गर्न पनि खेलकुदको महत्वपूर्ण योगदान हुने भएकाले हाम्रो पार्टीले जहिले पनि खेल र खेल क्षेत्रलाई माया गर्दै आएको कोषाध्यक्ष गुप्ताले बताए । उनले पार्टीले खेल क्षेत्रको विकासका लागि एउटा छुट्टै संस्था बनाएको र त्यसमार्फत खेलाडीका साथै खेल स्तरको वृद्धिका लागि विभिन्न योजना अघि बढाएको छ । खेलले समाजलाई अनुशासित बनाउने काम गर्ने हुँदा खेलकुदलाई बढी बढाउन जरुरी रहेको छ । मार्सल आर्टले असल नागरिक बनाउने मात्रै नभई व्यक्तिलाई कसरी आत्मरक्षा गर्ने भनेर सिकाउने भएकोले पनि यो खेल राम्रो भएको हुँदा सम्पूर्ण युवा वर्गले यस खेलप्रति मोहती हुन जरुरी रहेको गुप्ताले बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै संघका जिल्ला अध्यक्ष दिवस नेपालले नेपालबाट अन्तर्राष्ट्रिय स्तरका खेलमा सहभागिता जनाउँदै सबैभन्दा बढी पदक जित्ने खेल नै तेक्वान्दो हो । उनले राष्ट्रका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक दिलाउने खेल तेक्वान्दोलाई सरकारले जहिले पनि बेवास्ता गर्दै आएको छ ।

अन्य खेलमा सरकारले धेरै लगानी गरे पनि पदक कम प्राप्त गर्दै आएको बताउँदै, अध्यक्ष नेपालले भने, ‘राष्ट्र र अन्तर्राष्ट्रिय प्रतियोगितामा बढी पदक दिलाउने मार्सल आर्ट खेलमध्ये तेक्वान्दो हो र यस खेललाई नै सधैं बजेट कम दिने भएकाले भने जस्तो खेलाडी उत्पादन भएका छैनन् ।’

देशमा तीन तहको सरकार हुँदासमेत खेलकुद क्षेत्रलाई कुनै पनि तहका सरकारले ध्यान दिएको छैन । अन्य विभिन्न शीर्षकमा बजेट छुट्याए पनि खेल क्षेत्रका लागि नाम मात्रको न्यून बजेट छुट्याउने गरेको अध्यक्ष नेपालले बताए । तेक्वान्दो खेलका लागि भौतिक संरचना र खेल सामग्री अभावमा खेल्दै आएका खेलाडीले पदक जित्दासमेत तीन तहका सरकारले उचित ध्यान दिएको छैन । खेल क्षेको विकासका लागि तीन तहको सरकार मिले ध्यान दिन जरुरी रहेको अध्यक्ष नेपालले बताए ।

यसैगरी, नेपाल तेक्वान्दो संघ कोशी प्रदेशका उपाध्यक्ष ईश्वरविक्रम शाह, नेपाली काँग्रेस मोरङ जिल्ला खेलकुद विभागका सदस्य अनुज बानियाँ, अन्तिर्राष्ट्रिय निर्णायक नारायण बुढाथोकीलगायतले शुभकामना दिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.