Websoft University

नेवारी सस्कृति पहिचान जोगाउन चैनपुरमा प्रशिक्षण कार्यक्रम


मोहन कुमार राई - आषाढ २३ गते | संखुवासभा, चैनपुर नगरपालिका स्थित नेवार समुदायको वाहुल्यता रहेको चैनपुरबजारमा नेवार जातीको संस्कृति जगेर्ना गर्ने उद्देश्यले धिमेवाजा, नेपाल भाषा, तथा नेवारी कला संस्कति प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार “भाषा र संस्कृतिको जगेर्ना  गर्दै, नेवाःपहिचान जोगाऔं” भन्ने मूल नाराका साथ प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । गत जेष्ठ ३० गतेदेखि आषाढ २२ गतेसम्म सञ्चालन भएको कला संस्कृतिक प्रशिक्षण नेवाःल्याम्ह दबुका केन्द्रीय अध्यक्ष तथा राष्ट्रय साँस्कृतिक प्रशिक्षक सुदनमान मुनिकरले गर्नुभएको थियो । प्रशिक्षण ६० जना बढीले भाषा तथा कला संस्कृतिका वारेमा जानकार भएको कार्यक्रम सञ्चालक पुष्पबहादुर श्रेष्ठले वताउनुभयो ।


कार्यक्रममा धिमेबाजा, नेवाः भाषा, कला संस्कृतिको संरक्षणमा लामो समयदेखि नेवाः समाजमा योगदान पु¥यानुहुने  ३ जना सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा माधवप्रसाद कर्माचार्य, देवेन्द्र कुमार शाक्य राजकुमार कर्मचार्य रहेका छन् । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं चैनपुर नगरपालिका नगर प्रमुख कृष्णकुमार तामाङले सम्मान पत्र प्रदान गर्नु भएको  थियो ।


नेवारी समुदायको पहिचान, संस्कृति वास्तविक हुनु पर्ने नभई मिश्रित अवस्थामा रहेकाले  यस किसिमको कार्यक्रमको आयोना गर्न आवश्यक रहेको नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषदका अध्यक्ष गोपाल श्रेष्ठले वताउनुभयो । नेपालका विभिन्न ठाउँमा वसोवास गर्दे आएका नेवार समुदाय जुन जातजातीको वाहुल्यता छ उस्तै जस्तो देखिने गरेको समेत अध्यक्ष श्रेष्ठले वताउनुभयो । वास्तवीक नेवारी समुदायको भाषा, संस्कृति भेषभुषाको जगेर्ना गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने  समेत अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

नेवाः देय दबु चैनपुर नगर कमिटि अध्यक्ष पदम कुमार शाक्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेवारी सास्कृतिक कुमारी नृत्य, नेवारी धिमे नृत्य, धिमेबाजा प्रदर्शन गरिएको कार्यक्रम सञ्चालिका रजिना कर्माचार्यले वताउनुभयो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.