Websoft University

वडा अध्यक्ष प्रकाश राउत पक्राऊ परे


श्याम राई, उदयपुर-गाईघाट, २३ असार | महिला माथि हातपात र दुव्र्यहार गरेको आरोपमा उदयपुरको चौडण्ढीगढी नगरपालिका–९ का वडा अध्यक्ष प्रकाश राउत पक्राऊ परेका छन् ।

प्रहरीले शनीबार उनलाई घरबाट पक्राउ गरेको हो । सुर्यदय सामुदायिक वन क्षेत्रको छिडि खोलाबाट अवैध रुपमा भैरहेको ढुंगा, गिट्टी उत्खनन् रोक्न जादा स्थानीय सुनिता श्रेष्ठलाई वडा अध्यक्ष राउले शुक्रबार दिउँसो कुटपिट र दुव्र्यहार गरेका थिए ।

 वर्षाको समयमा नदीबाट नदी जन्य पदार्थ उत्खनन्मा रोक लागेको बेला अध्यक्ष राउत आफै टिफर लिएर ढुंगा, बालुवा लिन गएका थिए । उनलाई स्थानीयले अवरोध गरेका थिए । सोही बेला उनले ति महिला माथि कुटपिट र दुव्र्यहार गरेका थिए । महिलाले प्रहरीमा आफू माथि दुव्र्यहार भएको भन्दै राउत विरुद्ध प्रहरीमा उजुरी गरेपछि ईलाका प्रहरी कार्यालय बेलटारले दिउँसो उनलाई पक्राऊ गरेको एसपी ज्ञानेन्द्र फुयालले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.