Websoft University

मेयर कोइरालाद्वारा सामुदायिक विद्यालयको अनुगमन


विराटनगर÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरस्थित विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गर्नुभएको छ ।

आज मेयर कोइरालाले विराटनगर–८ स्थित महेन्द्र मावि र विराटनगर–९ स्थित सरस्वती माविको अनुगमन गर्नुभयो । शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईसहितको टिमलाई लिएर विद्यालय पुग्नु भएका मेयर कोइरालाले विद्यार्थीहरुसँग अन्तरक्रियासमेत गर्नुभएको थियो । उहाँले विद्यालयको भौतिक संरचनाको अवस्था, शैक्षिक गुणस्तर, विद्यार्थीको नियमितता, शिक्षकहरुको लगनशीलता, गृहकार्यको अवस्थालगायतका विषयमा जानकारी लिनु भएको थियो । विद्यालयस्तरदेखि नै शैक्षिक गुणस्तर सुधार गर्न सकिएमात्रै गुणस्तरीय जनशक्ति उत्पादन हुने उहाँले बताउनुभयो ।

मेयर कोइरालाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि महानगरले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिनुभयो । अनुगमनसँगै मेयर कोइरालाले विद्यार्थीहरुसित अन्तरक्रियासमेत गर्नुभएको थियो । उहाँले आफू विद्यालय पढ्दाका अनुभवसमेत सुनाउनुभएको थियो । अन्तरक्रियापछि मेयर कोइरालाले शिक्षकहरुसित विद्यार्थीहरुले उठाएका विषयमा छलफल गर्नुभएको थियो । विराटनगरका सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने महानगरले नीति लिएको छ । मेयर कोइरालाले विद्यालयको अनुगमनलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.