Websoft University

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलमा वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुने


काठमाण्डौ माघ १५ गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । चौदण्डी र वालिङबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ । आज वालिङ र चौदण्डी पहिलो जितको खोजीमा हुने छन् । लिगमा वालिङ २ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । पुछारमा रहेको चौदण्डीले अङ्क जोड्न सकेको छैन । यस्तै दोस्रो खेलमा दुई विभागीय टिम एपीएफ र पुलिस प्रतिस्पर्धा गर्ने छन् । एपीएफ र पुलिसबीचको खेल अपरान्ह साढे २ बजेबाट सुरु हुनेछ । एपीएफ लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ । एपीएफले ३ खेलमा ९ अङ्क जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । पुलिस भने दोस्रो जित निकाल्ने योजनामा रहेको छ । दोस्रो स्थानको पुलिसले ५ अङ्क जोडेको छ ।




 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.