Websoft University

जेष्ठ नागरिक समाज सुन्दरहरैंचा ३ ले मनायो छैंठौ वार्षिक उत्सव !


शिव भट्टराई,मोरङ सुन्दर हरैचा । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ स्थित लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा जेष्ठ नागरिक समाज सुन्दरहरैंचा ३ वडा समितिको छैठौं बार्षिक उत्सव समारोह सम्पन्न भएको छ।

बुधबार सम्पन्न भएको उक्त कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ्गको प्रमुख आतिथ्यता रहेको थियो भने जेष्ठ नागरिक समाज ३ नं वडा समितिका अध्यक्ष भिम बहादुर कार्कीको सभापतित्व रहेको थियो। 


उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङ्गले जेष्ठ नागरिकहरुका लागि नगरपालिकाको तर्फबाट सधैं साथ र सहयोग रहने बताएकी थिइन्।


त्यसैगरी सोही कार्यक्रमममा बोल्दै विशिष्ठ अतिथि सुन्दरहरैंचा नगरपालिका वडा नं ३ का वडाध्यक्ष जिवन ढुङ्गानाले वडा नं ३ मा रहेका जेष्ठ नागरिकहरुका लागि स्वास्थ्य बिमाको व्यवस्था रहेको त्यस्तै स्वास्थ्य बिमा गर्न पनि क्षमता नभएका अति विपन्न वर्गका परिवारलाई अक्षयकोष स्थापना गर्ने जस्ता अन्य विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको बताएका थिए।उनले जेष्ठ नागरिकहरुका कार्यक्रमहरुमा वार्ड नं ३ को सधैं साथ र सहयोग रहने समेत बताएका थिए। 

त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथि

जेष्ठ नागरिक समाज सुन्दरहरैंचाका नगर अध्यक्ष राम कुमार कार्की,

अतिथि जेष्ठ नागरिक समाज सुन्दरहरैंचा नगरपालिकाका महासचिव राम प्रसाद गजुरेल , चण्डेश्वर शिवालयका अध्यक्ष रुद्र प्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने   कार्यक्रममा जनप्रतिनिधि , सामाजिक व्यक्तित्व लगायत अन्य विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आजीवन सदस्य मध्ये जेष्ठ आमा र जेष्ठ बुवा गरी २ जना, जेष्ठ नागरिक समाज सुन्दरहरैंचा वडा नं ३ की सहजकर्ता रिता दाहाल बस्नेत, एकादशी कार्यक्रमममा नियमित उपस्थित भएर आफ्नु सक्रियता देखाएकोमा चन्द्र देवी अधिकारी लगायतलाई सम्मान साथै प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने सो कार्यक्रम जेष्ठ नागरिक समाज सुन्दरहरैंचा ३ नं वडा समितिकी सहजकर्ता रिता दाहाल बस्नेतले सञ्चालन गरेकी थिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.