Websoft University

सुन्दरहरैंचामा जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै "महिला सेवा समाज"को उद्घाटन !

 


शिव भट्टराई, मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ सलकपुरमा महिला सेवा समाज उद्घाटन समारोह तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। भुल्के बचत तथा ऋण सहकारी संस्था सलकपुरको सभाहलमा जम्मा १० जना जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै 'महिला सेवा समाज ' संस्थाको उद्घाटन गरिएको छ। 


शनिबार सम्पन्न भएको सो कार्यक्रमको उद्घाटनको क्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभासद लोक प्र. संग्रौलाले महिला सेवा समाजले सामाजिक कार्य गर्दै संस्थाको उद्घाटन गरेर प्रशंसनीय कार्य गरेको र आउँदा दिनहरूमा पनि अझै यस्ता कार्यहरूलाई निरन्तरता दिएर अगाडि बढोस् भन्दै संस्थाको प्रगतिको शुभकामना व्यक्त गरेका थिए।


त्यसैगरी विशिष्ठ अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले सो संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको संस्थाहरुलाई नगरपालिकाको सधैं साथ र सहयोग रहने बताएका थिए।

कार्यक्रममा महिला सेवा समाजकी उपाध्यक्ष रिता ढकालले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रममा बोल्दै अतिथि समाजसेवी श्याम कुमार आचार्य, सलकपुर सामुदायिक वनका अध्यक्ष तथा समाजसेवी जनक खत्री लगायतले यस संस्थाले आगामी दिनहरूमा अझै सामाजिक कार्यहरु गर्दै अगाडि बढोस् भन्दै शुभकामना व्यक्त गरेका थिए।उक्त उद्घाटन कार्यक्रममा अग्नि प्रसाद आचार्य, जया देवी दाहाल, तुलसा कार्की लगायत जम्मा १० जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई नास्ता खुवाएर सम्मान गरिएको थियो।

कार्यक्रममा महिला सेवा समाजकी अध्यक्ष मञ्जु रेग्मीको सभापतित्व रहेको थियो। जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै उद्घाटन गरिएको यस संस्थाको आगामी दिनहरूमा एकल, विपन्न वर्गका महिलाहरुलाई , हिंसामा परेका महिलाहरुलाई न्याय दिलाउन उनीहरूका हक हितका निम्ति कार्यहरु गर्ने बताएकी थिइन्।

त्यसैगरी उनले नगरपालिका सँग समन्वय गरेर नगर माता र नगर पिताको घोषणा गर्ने , सरसफाई कार्यक्रम गर्ने जस्ता अन्य विभिन्न सामाजिक कार्यहरु गर्ने र सुन्दरहरैंचामा रहेका महिलाहरुलाई एक जुट बनाएर अगाडि बढ्ने यस संस्थाको योजना रहेको बताएकी थिइन्।

लउक्त कार्यक्रममा समाजसेवी , जनप्रतिनिधि , पत्रकार , विभिन्न संस्थाका प्रतिनिधिहरू लगायत अन्य  विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम महिला सेवा समाजकी आमन्त्रित सदस्य गिता निरौलाले सञ्चालन गरेकी थिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.