Websoft University

संखुवासभा-शारदा मावि पोखरीले ६४ औं वार्षिकोत्सव सम्पन्न


मोहन कुमार राई- माघ १४ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका स्थित शारदा मावि पोखरीले “सबैका लागि शिक्षा, गुणस्तरी शिक्षा ” भन्ने मुल नाराका साथ आफ्नो ६४ औै वार्षिकोतसव सम्पन्न गरेको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्मारिन्जे शेर्पाको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रअ. अमृतबहादुर कार्कीले २ करोड ९१ लाख ५८ हजार बराबरको आय व्याय विवरण प्रस्तुत गर्नुभएको थियो । साधारण धार र प्राविधिक धार बालिविज्ञान को पठनपाठन हुने यस विद्यालयमा  कक्षा बालविकास देखि कक्षा १२ समम्म पढाइ हुने विद्यालयमा हाल ६ सय ४ जना छात्रछात्रा अध्ययनरत रहेको समेत प्रअले वताउनुभयो । 

विद्यायको चौतर्फी विकास भौतिक, शैक्षिक रुपमा अघि बढेसँगै हाल विद्यालयमा कक्षा १ देखी ५ सम्मका बालबालीकाहरुलाई न्यानो कपडाको व्यवस्था, दिवा खाजाको व्यवस्था, छात्राहरुको लागि सेनेटरी प्याडको व्यवस्था गरेपछि विद्यार्थी संख्यामा समेत वृद्धि हुँदै गएको विद्यालयका प्रअ कार्की वताउनुहुन्छ  ।

कार्यक्रममा  स्वागत मन्तव्य विद्यालयका शिक्षक रामकुमार लिम्बूले दिनुभएको थियो । शुभकामना मन्तव्यको क्रममा चैनपुर नगरपालिका वडाध्यक्ष केवी लिम्बूले ६४ औ वर्ष पार गरे सँगै विद्यालयले शैक्षिक एवं भौतिक रुपमा फड्को मारेको वताउनुहुँदै अभिभावकको लगानी खेर नजाने विश्वासस्त पार्नु भएको थियो ।  सो कार्यक्रममा विव्यस सदस्य ज्ञानबहादुर कार्की, वडा नंं ३ का वडाध्यक्ष बलबहादुर अधिकारी, संखुवासभा बहुमुखी क्याम्पसका सञ्चालक समितका अध्यक्ष उमेशकुमार डाँगी लगायतका उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य दिनुभएका थिए ।

सो अवसरमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई अक्षयकोषदाताहरुबाट प्राप्त छात्रवृत्तिहरु वितरण गरिएको कार्यक्रम सञ्चालक रामेश्वर योञ्जनले वताउनुभयो । यसैगरी विद्यालयको आन्तरीक रुपमा खेलाइने विभिन्न खेलहरुमा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको वीचविचमा विभिन्न नृत्यहरुले वार्षिकोत्समा उपस्थितलाई भरपुर मनोरञ्जन प्रदान गरेको कार्यक्रम सञ्चालक मोहन खत्रीले वताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.