Websoft University

निर्वाचन आयोग दल दर्ता आह्वान गर्ने कार्य थाल्यो


काठमाण्डौ माघ १७ गते । रातो तारा डट कम,निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गतेको निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने तयारी गरेको छ । यसका लागि सकभर सहमति कायम गर्ने प्रयास रहने आयोगले जनाएको छ । निर्वाचन तयारीका बारे नेकपाको दुवै समूहको विचार बुझ्न बोलाएको छलफलमा दुवै समूहले फरकफरक सुझाव दिएका छन् । 

हिजो आयोग कार्यालयमै फरकफरक समयमा भएको छलफलमा प्रचण्ड–माधव समूहले दल दर्ताको लागि केही समय पर्खन भनेको छ भने केपी समूहले दल दर्तालगायतका निर्वाचन केन्द्रित कार्यक्रमलाई तीव्रता दिन भनेको छ । दुई समूहबाट फरकफरक विचार आएपछि निर्वाैचन आयोग शीर्ष तहतको अर्को छलफल गर्ने तयारीमा जुटेको छ । विहान ठिक साढे ११ बजे नेकपाको प्रचण्ड–माधव समूहको तर्फबाट नेता राजेन्द्र पाण्डेको नेतृत्वमा एउटा टोली निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा पुग्यो । 

अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल काठमाडौँ आउन समय लाग्ने भएकाले दल दर्ताको प्रक्रिया तत्काल अघि नबढाउन सुझाव लेखिएको पत्र बुझाएर केहीबेरमै टोली बाहिरियो । बाहिरिनेक्रममा नेता पाण्डेले आफूहरू बहुमत र नेकपा आधिकारिक रहेको दावी   गर्नुभयो । आयोगले दलको आधिकारिकता टुङ्ग्याइसकेको भन्दै ओली पक्षले चुनावको बाँकी प्रक्रिया अगाडी बढाउन सुझाव दिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । 

दुवै समूह विचार तथा सुझाव दिएर फर्किएपछि भएका छलफल र आयोगको प्रतिक्रिया लिन पत्रकारहरूले २ घण्टाभन्दा धेरै कुर्नुप¥यो । आगामी बैशाख १७ गतेका लागि घोषणा गरिएको मध्यावधि निर्वाचन आउन अब ९१ दिनमात्रै बाँकी छ । निर्वाचनको तयारी गर्न आवश्यक समयको चाँजोपाँजो मिलाउने दवावमा रहेको आयोग दुवै समूहबाट फरकफरक विचार आएपछि कसरी छोट्याएर काम अघि बढाउने भन्ने रणनीतिको तयारीमा पनिछ ।  



 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.