Websoft University

बिराटनगरमा हुदैछ फस्र्ट फ्लाएर्स फिल्म अवार्ड


काठमाडौ,१५ फागुन ।  रातो तारा डट कम,ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्,मुम्बइको डिजाइनमा ‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना गर्ने भएको छ । ०७९ को बैशाख २४ गते बिराटनगरमा सम्पन्न गरिने अवार्डबारे आइतबार राजधानीमा प्रेसमिट गरि जानकारी दिइयो । 


मोफसलमा समेत नेपाली फिल्मको बिकास, बिस्तार र उन्नतीको लक्ष्य लिएर पहिलो संस्करण बिराटनगरमा आयोजना गर्न लागीएको आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजबंशीले बताए । उनले भने, ‘बिराटनगरजस्तो ठूलो शहरमा समेत नेपाली फिल्मको बजार उच्च छैन । कतिपय राष्ट्रियस्तरका कलाकारलाई समेत दर्शकले चिन्दैनन् । त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने बिश्वासलिएकाछौ ।’ 

कोरियोग्राफरका रुपमा परिचीत साइमनले अवार्ड कार्यक्रम निकै भब्य हुने दावी गरे । भने,‘मैले केही बर्ष मुम्बइमा काम गरेको अनुभव र त्यहाँको साइमन फिल्मस्को डिजाइनअनुरुप भब्यताका साथ कार्यक्रम गर्ने योजना छ ।’ 

कार्यक्रममा प्रमुख अतिथि अभिनेता सरोज खनालले नेपाली फिल्मको बिकासमा यो अवार्डले टेवा पुर्याउने बिश्वासब्यक्तगरे । उनले भने, ‘अधिकांश अवार्डहरु राजधानीमा मात्रै केन्द्रित भइरहेको पाइन्छ । तर फस्र्ट फ्लाएर फिल्म अवार्ड पहिलोचोटी नै मोफसलमा हुन लाग्नु निकै खुशीको कुरा हो । अन्य अवार्ड भन्दा यो निश्चय नै बिशेष हुने बिश्वास मलाई छ ।’

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बिराटनगरमा अवार्ड हुन लागेको सुन्दा आफूलाई निकै खुशी लागेको बताइन् । ‘पहिलो संस्करण नै बिराटनगरमा आयोजना हुन लागेको यो अवार्डले नेपाली चलचित्रको मोफसल बजार र कलाकारको मनोबल उच्च बनाउने छ भन्ने आशा मलाई छ ।’ कार्यक्रममा चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले अवार्ड कार्यक्रममा गुणस्तरिय फिल्म निर्माणमा दवाव दिनुका साथै अब्बल कलाकारिताका लागि कलाकारलाई समेत प्रोत्साहीत गर्ने धारणा राखे । उनले भने,‘अवार्ड कार्यक्रम हुन नराम्रो होइन । तर अवार्डले कलाकारको मनोबल र स्वाभीमान बढाउनु पर्छ । यो अवार्ड वास्तवमै निष्पक्ष र गरिमामय हुने बिश्वास लिएको छु । प्रेसमिटमा संचारकर्मीहरुको जिज्ञासा मेट्दै आयोजक संस्थाका प्रमुख साइमनले अवार्ड शतप्रतिशत निष्पक्ष हुने दावी गरे । ‘हाम्रो अवार्डको जुरी को को हुनुहुन्छ भन्ने कुरा अवार्ड कार्यक्रममै बताउने छौ,’ उनले भने,‘फिल्म हेरेर जुरीले जे निर्णय गर्नुहुन्छ, त्यही नै अन्तिम निर्णय हुनेछ । आयोजकको कुनै हस्तक्षेप रहने छैन ।’ कार्यक्रममा संचारकर्मी तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी,कोरियोग्राफर कविराज गहतराज,नरेशवीर सिंहलगायतको उपस्थिति थियो । 

चलचित्रसम्बन्धी बिभिन्न २१ बिधामा अवार्ड प्रदान गरिने समारोहको प्रमुख सल्लाहकारमा अनिश सिंह ठकुरी, कार्यक्रम संयोजकमा अशिमा धुतराज र सञ्जु सापकोटा,ब्यबस्थापनमा बिमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् । ०७६,०७७ र ०७८ चैत्र भित्र प्रदर्शन भएका फिल्महरु सहभागी हुने अवार्डको उत्कृष्ट ५ मनोनयन केही समयपछि सार्वजनीक गरिने बताइएको छ । 

०००


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.