Websoft University

न्यायका लागि पहल गरिदिनु अनुरोध


बिराटनगर  १६ फागुन । रातो तारा डट कम,सुनसरीको बर्जु गाउँपालिका वडानम्बर २ रामगंज बेलगछियाका २० बर्षिय निकेश कुमार रायको हत्या गरिएको अवस्थामा गएको कात्तिक २० गते विराटनगरको वडानम्बर १६ खादमपुल नजिक शव भेटिएको थियो ।

मजदुरीगर्न १० बर्षदेखी भारतमा रहँदै आएका निकेश घटनाको केहिदिन अघिमात्र गाँउ फर्किएका थिए । कात्तिक १५ गते दिपावलीकादिन दिउसो ३ बजे गाउँकै साथी कोमल विश्वकर्मासंग साईकलमा निस्केका उनको शव विराटनगरमा भेटिएको थियो । शवको अवस्था हेर्दा चोट लागेर नाकबाट रगत निस्किएको र जिउमा छुरा प्रहार गरेको देखिएको थियो ।

गाउँकै छिमेकी मिथिलेश राय र गौतम रायसंग कात्तिक १६ गते उनको झगडा भएको जानकारी गराउन चाहन्छु । सो क्रममा विपक्षिहरुले धम्काएका समेत थिए ।

शाव भेटिएपछि सो घटनाका बिषयमा हामीले ईलाका प्रहरी कार्यालय रानीमा ३ जनाको नामै किटान गरेर उजुरी समेत दिएका थियौं तर हालसम्म कुनै प्रकारको थुनछेक,कारवाही तथा अनुसन्धान भएको हामीले थाहा पाउन सकेका छैनौं ।

विपक्षीहरुलाई टाठाबाठाहरुले संरक्षण दिइरहेकाले हत्याको यो घटनामा कारवाही हुन्‌ सकेको छैन । तसर्थ न्याय दिलाउन पहल गरिदिनुहुन  मौजे रायले आज बिराटनगरमा पत्रकार  सम्मेलन गरेर  पत्रकार महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौं ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.