Websoft University

विकेभिएम कोरोनाविरुद्धको खोप लगाउन विद्यार्थीको अत्यधिक भीड


विराटनगर फागुन  १४ गते । रातो तारा डट कम, कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउन विराटनगरका विद्यालयहरूमा विद्यार्थीहरूको भीड लागेको छ । कोरोनालाई परास्त गर्ने एकमात्रै विकल्प खोप भएकाले अनिवार्य रुपमा खोप लगाउन विद्यार्थी र अभिभावकहरूले सबैलाई आग्रहसमेत गरेका छन् । 


कोरोनाको संक्रमणदर घट्दै गएको छ । तर जोखिम भने कायमै रहेको छ । सरकारले आगामी वैशाख मसान्तभित्र १२ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ । त्यही भएर यतिबेला देशभर खोप अभियान सञ्चालन भइरहेको छ । विद्यालयमार्फत विद्यार्थीलाई खोप लगाउने काम भइरहेको छ । प्रदेश राजधानी विराटनगरका अधिकांश विद्यालयमा खोप अभियान सञ्चालन गरिएको छ । विद्यालयहरूमा खोप लगाउने विद्यार्थीहरूको अत्यधिक भीड लागेको छ । विराटनगर–११ स्थित विकेभिएम बोर्डिङ स्कुलमा शनिबार सञ्चालन गरिएको केन्द्रमा थामिनसक्नु विद्यार्थीको भीड लागेको थियो । पहिलो मात्रा खोप लगाएका १५ सयभन्दा बढी विद्यार्थीले एकैदिन खोप लगाएको विद्यालयका लेखा अधिकृत दीपक निरौलाले जानकारी दिए । विद्यार्थीको चापका कारण खोप कमी हुँदा अन्य केन्द्रबाट समेत ल्याएर लगाइएको उनले बताए । “खोपको पहिलो मात्रा लगाएका १५ सयभन्दा बढी विद्यार्थीले एकैदिन खोप लगाएका छन्,” निरौलाले भने, “पहिलो मात्रा छुटेका केही विद्यार्थीहरू पनि खोप लगाउन आइरहेका छन् । खोप अभियानमा अभिभावकहरूले पनि सहयोग पु¥याइरहनु भएको छ ।”

विद्यालयका बालबालिकामा समेत खोपप्रति अत्यन्तै उत्साह बढेको भन्दै अभिभावकहरूसमेत खुसी देखिएका छन् । विगतमा खोपप्रति विभिन्न नकारात्मक टिकाटिप्पणी भए पनि हाल खोप लगाउन तँछाडमछाड हुनु सकारात्मक भएको अभिभावक कोषराज न्यौपानेको भनाइ छ । त्यसो त खोपप्रति विद्यार्थीसमेत सचेत भएको देखिएको छ । खोप लगाउन उनीहरूले सबैलाई आग्रहसमेत गरेका छन् । कोरोनालाई परास्त गर्ने एक मात्रै विकल्प खोप भएकाले सबैले खोप लगाउनुपर्ने विद्यार्थी स्वीकृति अधिकारीको भनाइ छ । सरकारले आगामी वैशाख मसान्तभित्र १२ वर्षभन्दा माथिका लक्षित उमेर समूहका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.