Websoft University

सडकमा बस्ने बेसहाराहरुको लागि घर बनाउन विराटनगरमा ६ कठ्ठा जग्गा योगदान

 


विराटनगर पौष १४ गते, । रातो तारा डट कम, मानवसेवा आश्रम ९मानवता प्रवद्र्धन महाअभियान० लाई मानवीय सेवाको लागि विराटनगरमा ६ कठ्ठा जग्गा सहयोग प्राप्त भएको छ । मोरङ जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा रहेको श्री डम्बर सत्सङ सद्गुरु कवीर सेवा आश्रमले उक्त जग्गा हस्तान्तरण गरेको हो ।

उक्त जग्गाको लालपुर्जा विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीज्यू, उप प्रमुख इन्दिरा कार्कीज्यू, प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलज्यू सहित महत्वपूर्ण व्यक्तिहरुको उपस्थितिमा श्री डम्बर सत्सङ सद्गुरु कवीर सेवा आश्रमका अध्यक्ष शुशिला भट्टराई ९खड्का० ज्यूले मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूलाई हस्तान्तरण गर्नु भएको हो ।

संस्थाको नाममा विराटनगर महानगरपालिका वडा नं। ५ मा रहेको १३ कठ्ठा जग्गामध्ये ६ कठ्ठा मानवसेवा आश्रमको नाममा नामसारी गरेर र बाँकी ७ कठ्ठा प्रयोगाधिकार सहित सहयोग गरेको हो ।  

सन्त पुरुष कविर साहेबज्यूका अनुयायी स्व। ललित बहादुर खड्काले संरक्षण गर्नुभएको हाल डिपिएस स्कुल छेउमा रहेको जग्गा उहाँका छोरा स्व। डम्बर बहादुर खड्काले बुबाको अवशानपछि संरक्षण गर्दै आउनुभएको थियो । हाल स्व। डम्बर बहादुर खड्काको छोरी श्री शुशिला भट्टराई ९खड्का० ज्यूले संरक्षण गर्दै आउनुभएको थियो ।

“कवीर साहेबज्यूले मानवीय सेवामा आफ्नो जीवन नै समर्पण गर्नुभयो, हामी उहाँका शिष्यहरुले उहाँले देखाएको बाटोमा हिँडेको अनुभव भइरहेको छ ।” जग्गा हस्तान्तरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आउनुभएका सन्त पुरुष मानवसेवा आश्रमका अभिभावक आदर्श साहेबज्यूले विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित लालपुर्जा हस्तान्तरण कार्यक्रममा बताउनुभयो ।

यस्तै जग्गा दाता एवं श्री डम्बर सत्सङ सद्गुरु कवीर सेवा आश्रमका अध्यक्ष शुशिला भट्टराई ९खड्का० ज्यूले मानवसेवा आश्रमले गरेको सेवा देखेर आफ्नो तर्फबाट पनि केही गर्नुपर्छ भन्ने भावना विकास भएको बताउनुभयो । “आगामी दिनमा यो जग्गाको अवस्था के होला, कवीर साहेबज्यूको भावनालाई बचाइराख्न के गर्न सकिन्छ होला भन्ने लागेको थियो तर कवीर साहेबज्यूका वाणीलाई मानवसेवा आश्रमले व्यवहारमा उतारेको देखेर सहयोग गर्न पाउँदा खुसी भएका छौँ ।” उहाँले थप्नुभयो ।

यस्तै मानवसेवा आश्रमका अभिभावक एवं सहयोगी संस्थाका कोषाध्यक्ष प्रविण खड्काज्यूले मानवसेवा आश्रमको व्यवस्थापनका लागि सहयोग गर्न सबैजनालाई आव्हान समेत गर्नुभयो । “केही समय अगाडी थाहा पाएँ मानवसेवा आश्रमले विराटनगरको सेवा सञ्चालनको लागि चितवन, पोखरा, हेटौंडा लगायतका जिल्लाबाट खाद्यान्न ल्याएको रहेछ, प्रदेश नं। १ मा उद्धार गरिएका सहयोगापेक्षीको लागि हामी आफैले व्यवस्थापन गर्ने वातावरण निर्माण गर्नुपर्छ र यसका लागि सबैजनालाई अनुरोध समेत गर्छु ।” उहाँले भन्नुभयो ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले उक्त १३ कठ्ठा जग्गा हस्तान्तरण गर्नुहुने संस्थाका सम्पूर्ण परिवारलाई धन्यवाद व्यक्त गर्दै मानवसेवा आश्रमको नाममा नामसारी भएको ६ कठ्ठा जग्गामा सहयोगापेक्षी सडकआश्रित मानिसहरुलाई संरक्षण दिने भवन निर्माण गरिने र बाँकी ७ कठ्ठामा कवीर बाटिका, पुस्तकालय आदि निर्माण गरि मानवता प्रवद्र्धन एवं पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन आवश्यकता अनुसार संरचना निमाृण गरिने बताउनुभयो ।

फागुन महिना भित्र यस जग्गामा निर्माण गरिने संरचनाको डिजाइन, अनुमानित लागत र थ्रीडी डिजाइन निर्माण गरि चैत्र महिनाभित्रमा शिलान्यास गरेर २०० जनालाई सेवा दिन सक्ने सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरिने योजना रहेको अधिकारीज्यूले भन्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष एवं महानगरका प्रमुख भिम पराजुलीज्यूले मनवसेवा आश्रमले गरेको काम कुनैपनि कुरासँग तुलना गर्न नसकिने बताउनुभयो । आफ्ना परिवारका सदस्य समेत विरामी पर्दा, दिशा पिसाबमा लत्पत्तिँदा सफा गर्न घिनाउने, परिवारका सदस्यलाई नै बोझका रुपमा सम्झिने समाजमा यसरी सडकमा फालिएकालाई सहयोग गर्नु सानो त्याग होइन । यसका लागि भित्र देखि नै मानवीय भावना जागृत हुनुपर्ने नगर प्रमुखज्यूले बताउनुभयो ।

विराटनगर महानगरपालिकाले मानवसेवा आश्रमको सेवाको लागि सहयोग गर्ने अवसर प्रदान गर्नुभयोमा भाग्यमानी महसुस गरेका छौँ । आगामी आर्थिक बर्षमा भवन निर्माणका लागि बजेट छुट्याउँछौँ ।” उहाँले थप्नुभयो ।

मानवसेवा आश्रमले भवन निर्माणका लागि च्यारिटी डिनर गर्दै

मानवसेवा आश्रमको लागि आज प्राप्त भएको जग्गामा संरचना निर्माण गर्नका लागि सहयोग संकलन गर्न च्यारिटी डिनरको आयोजना गर्ने भएको छ ।

मानवसेवा आश्रमका सद्भावना दूत मदनकृष्ण श्रेष्ठज्यू, हरिवशं आचार्यज्यू, अभिभावकहरु आनी छोइङ डोल्माज्यू, मनोज गजुरेलज्यू लगायतका सामाजिक भावना भएका व्यक्तिहरुलाई अनुरोध गरेर विराटनगरमा सबैजनाको सहभागिता रहनेगरि च्यारिटी डिनर आयोजना गर्ने मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.