Websoft University

तीन जनालाई कृष्णभूषण बल सिर्जना पुरस्कार

विराटनगर फागुन १५ गते । रातो तारा डट कम,कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ ।प्रतिष्ठानले शनिबार विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठलाई नगद २५ हजार १ सय ११ रुपैयाँ  राशिको ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ समर्पण गरिएको छ । 


५ दशकभन्दा लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय श्रेष्ठका उपान्यास र कथासंग्रह प्रकाशित छन् । त्यसैगरी १५ हजार १ सय ११ रुपैयाँ राशिको ‘कृष्णभूषण बल स्मृति विशेष पुरस्कार’ साहित्यकार कविराज पोखरेल र ११ हजार १ सय ११ रुपैयाँ राशिको ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार’ कवि निमेष निखिललाई प्रदान गरिएको छ । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई, प्रतिष्ठानकी प्रमुख संरक्षण शोभा लामा बल, प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टंकप्रसाद न्यौपानेलगायतले ओसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेका थिए । प्राज्ञ विवश पोखरेलले प्रतिष्ठानका बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा आयोजक संस्थाका सचिव सुमन पोखरेलले पुरस्कृत व्यक्तिहरूको परिचय प्रस्तुत गरेका थिए । त्यस्तै भूपिन, मनु मञ्जिल, केजी सुब्बा, राधिका गुरागाईं, सीमा आभासलगायतले बलले लेखेका कविता वाचन गरेका थिए । 

त्यस्तै सोही अवसरमा युवाकवि दीपक शम्चूको ‘अनुहारमा आप्पा’ कवितासंग्रहको विमोचन गरिएको थियो । विमोचित कृतिका विषयमा समालोचक भूषण ढुंगेलले टिप्पणी गरेका थिए । कवि एवं पत्रकार मीनकुमार नवोदितले सञ्चालन गरेको सो कार्यक्रममा कवि शुभलक्ष्मी लम्साल र धीरज राईले विमोचित कृतिभित्रका कविता सुनाए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.