Websoft University

१६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा माङसेबुङको नेनेदेन मझुवा स्थित निङ्बोदेनको खेलमैदानमा फुटल खेल प्रतियोगिता आयोजना हुने


दमक,कात्तिक ८ गते | रातो तारा डट कम,इलामको माङसेबुङ स्थित लालीगुराँस युवा क्लवले प्रथम अठासी गोल्डकप फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । १३८ औं फाल्गुनन्द जयन्तीको अवसरमा माङसेबुङमा  गोल्डकप प्रतियोगिता हुने भएको हो । 

१६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा माङसेबुङको नेनेदेन मझुवा  स्थित निङ्बोदेनको खेलमैदानमा फुटल खेल प्रतियोगिता आयोजना गरिने आयोजक लाली गुरास युवा क्लवले आज पत्रकार मञ्च दमकको सभामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।  

क्लवका अध्यक्ष गजिन्द्र योङहाङले कात्र्तिक १८ गतेदेखि २५ गते सम्म सञ्चालन हुने प्रतियोगिताकोवारेमा जानकारी गराएको हो । प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १सय रुपैयाँ पुरस्कार सहित ट्रफी र प्रमाण पत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १सय १ पाउने छन् । 

प्रचार प्रसारको अभावमा ओझेलमा परेको धार्मिक स्थल अठासी देवीको प्रवद्धन गर्ने उदेश्यले यो प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष योङहाङले बताउनु भयो । 

९ लाख खर्च हुने प्रतियोगितामा सहभागी हुने टोलीले कात्तिक १६ गते भित्र इन्टी गर्नु पर्ने छ । 

प्रतियोगिताकोवारेमा  पालिमा आधिकारिक जानकारी प्राप्त नभएको भए तापनि खेलकुद क्षेत्रको बिकासका लागि माङसेवुङ गाउँपालिका सदैव सकारात्मक रहेको पालिका सदस्य  एवम् प्रवक्ता सुशन राईले जानकारी दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.