Websoft University

नेपाल संवत् श्रेष्ठ समुदायको मात्र नभएर सबै नेपालीको पर्व हो |


 दमक कातिक ९ गते | रातो तारा डट कम,झापाको दमकमा नेपाल संवत् ११४३ प्रारम्भको दिन न्हँु दँया भिन्तुना (नयाँ वर्षको शुभकामना ) आयोजित एक कार्यक्रमका वक्ताले नेपाल संवत् श्रेष्ठ समुदायको मात्र नभएर सबै नेपालीको पर्व भएको बताएका छन् । 

नेवा ःदेय दवु, झिगु समाज दमक नगर कमिटी ,सुर्यीद्धय नेवा पुच र नेवा खल दमकको संयुक्त आयोजनामा भएको कार्यक्रमका वक्ताले राष्ट्रिय विभूति शंखधर साख्वाले चलाएको नेपाल सम्वत् एउटा जाती समुदाय  मात्र नभइ सम्पूर्ण नेपालीको भएको बताएका हुन् । शंखधर साख्वाले बि.स.९३७ (इस८८०)मा गरीव जनताको ऋणमोचन गरी नेपाल संवत् शुरुवात गराएका कारण उहाँलाई नेपाल सम्वत्को प्रर्वद्धक मानिन्छ |


कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाको नगर प्रमुख राम थापाले एउटा नेपालीले शुरु गरेको नेपाल सम्वत् भए पनि यसलाई राज्यले महत्व दिन नसकेको बताउनु भयो । 


कार्यक्रमका संयोजक राम प्रधानको अध्यक्षता भएको कार्यक्रमकी अथिथि नगर उपप्रमुख रेगिना भटराई प्रसाईले यस सम्वतलाई श्रेष्ठको मात्र नभएर सबैको सम्वत् बनाउन नगरपालिकाले सहयोग र सहकार्य गर्ने बताउनु भयो ।


 प्रत्येक वर्षको कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४३ लाई फुलवारी भित्रको सबै फूल झै फुलाउन र फुलाउन सरकारले प्राथमिकता दिनु पर्ने दमक ६ का वडाअध्यक्ष टेक बहादुर थापाले बताउनु भयो । तिथिमा आधारित नेपाल सम्वत् रहेको हुदा यसलाई नेवारहरुको मात्र सम्वत भनेर नबुझन आग्रह गर्दै राष्ट्रिय सम्वत बनाउनु पर्ने नेवा ः देय दबु झापाका कोषध्यक्ष तिर्थ श्रेष्ठले बताउनु भयो । 

 कार्यक्रममा झिगु समाज दमकका अध्यक्ष दिलिप श्रेष्ठले नेपाल सम्वतको महिनाको  गणना चन्द्रमासवाट शुरु हुने बताउदै औशीवाट शुरु भइ अको औशीमा पुगेर महिना अन्त हुने बताउनु भयो । भारतवाट शुरु भएको वि.स.लाई तत्कालिन शासकहरुले प्रयोगमा ल्याएर नेपाल सम्वत्लाई ओझेलमा पारेको अध्यक्ष श्रेष्ठले गुनासो गर्नु भयो । झिगु समाजका नरेन्द्र श्रेष्ठ लगायतले नेपाल सम्वत्को सन्र्दभमा बोल्नु भएको नेवा ःदेय दवुका दमक नगर सचिव लक्ष्मी श्रेष्ठले जानकारी दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.