Websoft University

हिजो गरेका काम घिमिरेकालागि मतदाता रिझाउने अस्त्र


विराटनगर । रातो तारा डट कम, मोरङ क्षेत्र नम्बर ४(ख) बाट उम्मेदवार बनेका नेकपा एमालेका नेता जीवन घिमिरेले चाडबाडमा पनि चुनावी अभियानलाई तिब्र बनाएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि घिमिरेले चुनावी अभियानलाई मतदाता भेटघाट लक्षित गरेका हुन्  ।

मतदाता भेटघाटका क्रममा कटहरी गाउँपालिका वडा नम्बर ३ की सुनिता कामतले घिमिरेलाई विकासका मुद्दा अघि सार्न सुझाईन् ।  यस अघि निर्वाचित भएर गएपछि धेरै निर्वाचित  जनप्रतिनिधि नफर्किने गरेकोमा घिमिरे नियमित आउने र दुखसुखको साथी बनेकोमा खुसी ब्यक्त गरिन् । गाउँघरमा नै आउने भेट्ने गरेकामा प्रशंसा गर्दै आगामी निर्वाचनबाट थप थप नयाँ योजना ल्याउन आग्रह गरिन् ।

यसरी अहिलेसम्म नागरिकका समस्या सुन्न कोही जनप्रतिनिधि पनि नआएको अबस्थामा तपाई नियमित भेटघाटमा आउनु भएको छ, उनले भनिन्, हिजो पनि जिताएर पठाएको हो, भोली पनि गाउँका सबैजना सहयोग गरेर जाने पक्षमा छन् ।’

कटहरीकै विकास राजवंशीले राजबंशी समुदायको भवन निर्माणमा सरकारमा रहँदा गरेको सहयोग सम्झिए ।  जातीय नारा मात्र लगाउने तर काम नगर्ने प्रबृति  तोडिएको उनले बताए । नागरिकका आबश्यकताको पहिचान नै नहुने गरेको अबस्थामा यो बिचमा राजबंशी समुदायको साँस्कृतिक भवन निर्माणसँगै संस्कृतिको संरक्षणका लागि कार्यक्रमहरु गर्नमा  घिमिरेको योगदान महत्वपुर्ण रहेको उनले बताए ।   मतदाता भेटघाटका क्रममा घर घरमा पुगेका जीवन घिमिरेले नागरिकका धेरै अपेक्षाहरु रहेको भएपनि केही काम गर्न सकेको र बाँकी कामहरु  पुरा गर्दै जाने बताए ।  ‘धेरै कामहरु मैले मेरो निर्वाचन क्षेत्रमा गरेको छु, उनले भने, बाँकी रहेका केही कामहरु निर्वाचन पछि पुरा गर्दै लग्नेछु ।’  २०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट घिमिरे भारी मतका साथ निर्वाचित भएका थिए ।  उनले बिगतका ५ बर्षमा आफ्नो निर्वाचन क्षेत्रमा धेरै काम गरेर   नागरिकको मन जित्न सफल भएको मतदाताले नै बताउने गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.