Websoft University

चाड पर्वमा अप्रिय घटना नहोस भनेर नेपाल प्रहरी हाइअलोटमा

 


दमक | रातो तारा डट कम,चाड पर्वमा अप्रिय घटना नहोस भनेर नेपाल प्रहरी हाइअलोटमा बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमण्ी पोखरेलले बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले आज भद्रपुरमा आयोजना गरेको दिपवाली र छठ पर्वको शुभकामना आदान प्रदान र जिल्ला प्रहरी कार्यालयले गरेको प्रगति विवरणको जानकारी कार्यक्रममा प्रहरी उपरीक्षक पोखरेलले दिपावली र छठ पर्व जिल्लावासीले 

भयरहित वातावरणमा मनाउन पाउन भनेर प्रहरी हाइअलोटमा रहेको बताउनु भएको हो । जिल्ला प्रहरी मातहतका सबै प्रहरी युनिटलाई आ–आफनो कार्यक्षेत्रमा प्रभाकारी शान्ति,सुरक्षा,सतर्कता अपनाउन निर्देशन पनि दिएको उहाँले बताउनु भयो ।चाड पर्वमा बढी जमघट हुने बैक,वित्तीय संस्था ,मठमन्दिर लगायतका ठाउँमा सादा पोशाक र बर्दीको एक हजार ४० जना प्रहरी खटाएको  पोखरेलको भनाई रहेको छ । 

शुभकामना आदान प्रदान कार्यक्रमपछि झापाको भद्रपुर लगायतका ठाउँवाट बरामद गरी ल्याएको पट्का खाल्डोमा पुरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।पत्रकारको जिज्ञासामा पट्का बिक्री वितरणमा रोक लगाए पनि झापामा खुल्ला सिमाना भएका कारण भनेजति नियन्त्रण गर्न नसकिएको पुरै नियन्त्रणका लागि सरोकारवाला सबैको सहयोग हुनु पर्ने उपरीक्षक पोखरेलले बताउनु भयो । सोही कार्यक्रममा एसपी पोखरेलले आफुले जिल्लाको नेतृत्व लिएपछि गरेको प्रगति विवरण प्रस्तुत गर्नु भएको छ । 

एस पी पोखरेलले झापा प्रहरी प्रमुखको जिम्मेवारी सम्माहलेपछि  अवैध भन्सार छलि तस्करी नियन्त्रण,बन तथा बन पैदावरको अवैध कारोवार नियन्त्रण, अवैध रुपमा ओसार पोसार गरेको पट्का जन्य पदार्थ नियन्त्रणमा लिई नष्ट,फरार प्रतिवादी पक्राउ ,लागु औषध बरामद ,र चोरीको मोटरसाइकलहरु नियन्त्रणमा लिइ सवारी धनीलाई बुझाएको लगायतको प्रगति विवरण पत्रकार माझ प्रस्तुत गर्नु भएको प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिनु भयो । 

विष्फोटक पदार्थ सहित हिमाल सुरक्षा परिषदका ९ जनालाई पक्राउ गरी ५ जना धरौटीमा रिहा,४ जनालाई कारागार चलान,अदालतवाट मुद्धा फैसला भए पनि फरार प्रतिवादी १सय ३१ जना पक्राउ र विभिन्न स्थानवाट चोरी भएका  ३ वटा मोटरसाइकल नियन्त्रणमा लिई सवारी धनीलाई बुझाएको  प्रहरी कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.