Websoft University

कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण


विराटनगर साउन ३० गते | रातो तारा डट कम,विराटनगर–१० मा रहेको कान्तिपुर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूलाई एक दिने अभिमुखीकरण तालिम दिएको छ । विराटनगरस्थित एक होटलमा सोमबार भव्य कार्यक्रम आयोजना गरी अभिमुखीकरण गराएको हो ।

 


गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको कान्तिपुर कलेजमा कक्षा ११ मा उल्लेखनीय विद्यार्थी भर्ना भए । कक्षा ११ मा विहानको सिफ्टमा ७ सय ५४ जना विद्यार्थी भर्ना भएपछि उनीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गराएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । विज्ञान संकायमा २८० व्यवस्थापन संकायमा ४२० र होटेल मनेजमेन्टमा ५४ जना विद्यार्थी भर्ना भएका छन् ।

 दक्ष प्राध्यापक र शिक्षकहरूबाट गुणस्तरीय पठनपाठन गरेको कारणले कान्तिपुर कलेज विद्यार्थीको पहिलो गन्तव्य बनेको छ,’ प्रिन्सिपल नेपालले भने, ‘भर्ना भएका विद्यार्थीहरूलाई कलेजको बारेमा जानकारी गराउन हामीले अभिमुखीकरण गराउने गरेका छौँ । यहाँ भयरहित वातावरणमा विद्यार्थीहरूले पठनपाठन गर्न सक्ने सुविधा सम्पन्न भौतिक संरचना रहेको छ ।’ उनका अनुसार अहिले भर्ना भएका बिहान अध्ययन गर्ने विद्यार्थीहरू हुन् । दिउँसो सिफ्टको लागि पनि कलेजले भर्ना खुलाएको छ ।

 कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई शाखा मोरङका प्रमुख टङ्क गौतम, प्याब्सन मोरङको अध्यक्ष शीतला सुब्बा, सिए एसोसियसन प्रदेश १ का प्रमुख सिएम मनोज अधिकारीलगायतले गुणस्तरीय शिक्षासँगै संस्कारसहितको सीपमूलक शिक्षा आजको आवश्यक भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । कार्यक्रममा कलेजका अध्यक्ष खुसीराज श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको थियो । विद्यार्थीहरूले  नृत्य प्रस्तुत गरी कार्यक्रममा थप रमाइलो गराएका थिए । 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.