Websoft University

शिक्षादीप कलेजले १५ औ ब्याजका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण तथा स्वागत गरेको छ


विराटनगर साउन २९ गते | रातो तारा डट कम, विराटनगरमा ९ मा रहेको शिक्षादीप कलेजले १५ औ ब्याजका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण तथा स्वागत गरेको छ


 गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ विज्ञान संकयाका विद्यार्थीहरुलाई कलेजको बारेमा आइतबार जानकारी गराएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि नेमका निर्देशक डा.नविन शर्मा, विराटनगर महानगर पालिकाका पूवै प्रमुख भीम पराजुली, कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, कलेजको कार्यक्रम संयोजक वसन्त बस्नेत र कलेजका निर्देशक रामचन्द्र अधिकारी, र रमेश मण्डललगायले कलेजको बारेमा जानकारी गराएका थिए । भर्ना भएका ७ सय १० जना विद्यार्थीहरुलाई अभिमुखिकरण दिनुका साथै स्वागत समेत गरिएको थियो ।

अभिमुखिकरणमा सहभागी भएका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज शिक्षादीप भएकोले हाम्रो रोजाईमा परेको विद्यार्थी अनमोल अधिकारी, सिम्रीका तिम्सीना, निहाल रौनियार र रितेश भट्टराईले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.