Websoft University

एकै समय र स्थानमा फरक दुर्घटना दुई घाइते

 


मोहन कुमार राई - चैनपुर  असोज २७ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका स्थित चैनपुर–पोखरी सडकखण्डको डाँगीगाउमा सडक कालोपत्रे गर्ने क्रममा डिस्टिव्युटर मेशिन ग्यास पड्कदा काम गर्ने एक पुरुष घाइते भएको थियो । यसै गरी सोही स्थानमा सोही समयमा पोखरी बाट चैनपुर तर्फ आउँदै गरेको को ३५ प २६६४ नंबरको स्कुटरले ठकर दिँदा एक महिला मज्दुर घाइते भएको छ । 

सोमबार  साझ दुर्घटनामा परेका दुवै घाइतेहरुलाई तत्काल उपचारको लागि चैनपुर स्थित हेल्पीङ हेण्डमा भर्ना गरिएको थियो  । विटवीन डिस्टिव्युटर मेसिनको ग्यास पड्कदा सोही मेसिनमा काम गर्ने नुवाकोट निवासी दीपक के.शी को देर्वे आँखा छेउमा चोट लागेको थियो भने आँखामा भने असर नपरेको मेडिकलले जनाएको छ । उपचार पछि उनी घर फकेका छन । 

सडक निर्माण कार्यमा व्यस्त रहेको वेला स्कुटरले ठक्कर दिएको घाइते महिला चैनपुर नगरपालिका ४ का सिता खड्काको सामान्य उपचार पछि मनकामना हस्पिटल तुम्लिङटार रिफर गरिएको सडक निर्माण कम्पनीका इन्चार्ज राम प्रसाद यादवले जानकारी दिनुभयो । घरभाडामा वस्दै आएका खड्का मज्दुरी काम गरेर एक छोराको लालनपालन गर्दै आएकोमा आफु घाइते हुँदा थप समस्या भएको दुःखेसो घाइते खड्काले बताउनुभयो ।

बज्रगुरु कम्पनीले चैनपुर पोखरी सडक खण्ड डिविएसटी  प्रविधिको कालोपत्रे गर्ने जिम्मा पाएको सो सडक खण्ड अन्तिम चरणमा पुगेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.