Websoft University

खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ

 



सुनसरी,असोज-२७ गते । रातो तारा डट कम,सुनसरी धरान-१५ बिशालचोक बस्ने ३८ बर्षीय विजय कुमार रोक्का लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विषेश सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ८ बजे धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो ।  नियन्त्रण पश्चात उनिमाथी चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखिएको १२ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका रोक्का उपर  ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.