Websoft University

कामधेनु दुग्ध उत्पादक–साधारणसभा सम्पन्न

इटहरी,असोज २७ गते । रातो तारा डट कम, पूर्वी नेपालमा नै किसानहरुको सक्रियतामा इटहरी उपमहानगरपालिका–२० मा  स्थापना भएको कामधेनू दुग्ध विकास सहकारी संस्थाले आफ्नो स्थापनाको  १९ औ बार्षिक साधारणसभा भब्यताकासाथ आज सम्पन्न गरेको छ ।

पूर्वी नेपालका पाँच जिल्ला सुनसरी मोरङ्ग झापा इलाम धनकुटा र तेह्रथुमका द्ुग्ध उत्पादक किसान एवम समुह गरी ३ सय ९८ शेयर सदस्य रहेको उक्त दुग्ध विकास सहकारीले बार्षिक २७ करोड ३४ लाख ९५ हजार आर्थिक कारोवार गर्न सफल भएको जानकारी दिईएको छ ।

दैनिक ११ हजारदेखि १२ हजार लिटर दुध सङ्कलन अर्थात खरिद कारोवार गर्दै आएको उक्त दुग्ध विकास सहकारीले दुध, दहि, घिउ, पनिर, चिज, नौनी, खुवा मोही आदिको उत्पादन एवम विक्री वितरण गर्दै आएको छ ।

हालै २ विगाह २ कट्ठा जमिनमा पूर्वकै सवैभन्दा ठूलो २ करोड ३० लाख ९८ हजारको लागतमा अत्याधुनिक उद्योग भवन तथा  २ करोड ४५ लाख ८० हजारको उपकरण समेत खरिद गरि सकेको सहकारीले किसानका लागि लाभदायक सेवा उपलब्ध गराउँदै आएको छ ।

उक्र साधारणसभा समारोहको उद्घाटन गर्नुहुँदै साँसद घनश्याम खतिवडाले ग्रामीण तथा शहरी क्षेत्रमा सर्वसाधारण समेतलाई सङ्गठित गरेर आर्थिक उन्नतीको मार्गमा अघि बढाउन सहकारी संस्थाहरुले जिम्मेवार भूमिका निर्वाह गर्ने विश्वास गर्नुभयो ।

उहाँले गाउँ गाउँमा कठिन अवस्थामा पनि आर्थिक गतिविधिमा सघाउ पु¥याउने कार्यमा सहकारीहरुको भूमिका महत्वपूर्ण रहँदै आएकाले. देशलाई समृद्धिको मार्गमा अघि बढाउनका लागि पनि सहकारीहरुको भूमिका महत्वपूर्ण हुने पनि स्पष्ट पार्नुभयो ।

कामधेनु दुग्ध विकास सहकारीका अध्यक्ष टीकाप्रसाद ओझाको अध्यक्षतामा भएको साधारणसभा समारोहमा टीकादत्त बन, रमेश भण्डारी बमबहादुर न्यौपाने खेमराज दाहाल लोचन पौडेल लगायतले साधारणसभा समारोहमा आ आफ्नो धारणा राख्नुभएको थियो ।

साथै उक्त साधारणसभा समारोहमा सहकारीका उत्कृष्ठ कर्मचारी, उत्कृष्ठ शेयर सदस्य किसान एवम नियमित दुध सङ्कलक लगायतलाई सहकारीले विशेष सम्मान एवम पुरस्कार प्रदान गरेको थियो ।-याम प्रधान

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.