Websoft University

पुर्वान्चल शिक्षण अस्पतालका निर्देशक डा. बिपेश आचार्य संगको विषेश कुराकानी, परिचय


बिराटनगर साउन १२ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा रहेको गोठगाउँ स्थित  पुर्वान्चल बिश्वबिधालयको शिक्षण अस्पतालको मुहार पहिलेको भन्दा अहिले फेरिएको छ। यसलाई आज सम्मको अबस्थामा ल्याउन पुर्वान्चल शिक्षण अस्पतालका निर्देशक डा. बिपेश आचार्यले  महत्वपुर्ण योगदान दिएका छन। पुर्वान्चल बिश्वबिधालय तथा शिक्षण अस्पतालसंग सम्बन्धित रहेर एलएन गच्छदार साथै शिव भट्टराईद्वारा उहाँसग गरिएको कुराकानी ।
परिचय :
डा. बिपेश आचार्य
पुर्वान्चल बिश्वबिधालय शिक्षण अस्पतालका निर्देशक

विशेषज्ञता हासिल : MBBS, MD प्याथलोजी ( काठमाडौं बिश्वबिधालय)
schooling : kerela , india

आबद्ध : नेपाल चिकित्सक संघ १ नं प्रदेश संयोजक तथा केन्द्रिय सदस्य

१) पुर्वान्चल बिश्वविद्यालय आउनु भन्दा अगाडि कहाँ हुनु हुन्थ्यो  ? काठमाडौमा काम गरिरहेका डाक्टर पुर्वमा कसरी आउनु भयो?

- म, यहाँ आउनु अगाडी बिराटनगर कोशी अञ्चल अस्पतालमा कार्यरत थिए, र त्यहाँ भन्दा अगाडि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा  as a head of department प्यथोलोजीमा कार्यरत थिए ।
पुर्वान्चल बिश्वबिधालयमा कसरी आउनु भयो भन्ने प्रश्नमा मैले गरेको कार्यको मुल्यांकन, मेरो यस मेडिकल सर्भिस प्रती लगाव साथै समाजसंग गरिने व्यबहार हेरेर नै मलाई यहाँको director जस्तो पदमा काम गर्ने मौका दिएको जस्तो लाग्छ र फेरि पनि बिश्वबिधालयको कार्यकारिणीलाई धन्यवाद दिन चाहन्छु।


२) पुर्वान्चल बिश्वबिधालय तपाईं आउदा कस्तो थियो र अहिले कस्तो स्थिती छ, भन्नुको अर्थ तपाईले यो दुई बर्षमा कहाँ पुर्याउनु भयो?
- तपाईले बडो राम्रो प्रश्न गर्नु भयो, म यहाँ आउँदा पहिला त मलाई म यो कस्तो जंगलमा आइपुगे फाट्टफुट्ट मान्छेको ओहोरदोहोर हुने, मान्छे भन्दा बढी पशु चौपया मात्रै देखिन्थ्यो।तर यत्रो धेरै बिश्वबिधालयको जमिनमा सौन्दर्यात्मकले भरिपुर्ण भएको केही भवन, बन स्वच्छ हावा पानी देखेर मेरो मन एकैछिनमा सहि ठाउँमा काम गर्ने मौका पाए जस्तो पनि लाग्यो।
अस्पतालमा समान्यरुपमा  केही चिकित्सक मात्रबाट सुबिधा दिएको थियो। हुनत अहिले पनि धेरै छ भन्न खोजेको हैन।
म आइसकेपछि मैले अठोट आत्मबिश्वासका साथ कर्मचारी साथिहरुलाई भने, यो ठाउँको बासिन्दालाई हामीले अत: सक्दो सेवा दिनुपर्छ। सबै कुरा छोडेर आजैको मितिबाट काम गर्न सुरु गरौं भने र मलाई वहाँहरुले सुरु देखि आज सम्म पुर्ण रुपमा साथ दिदै धेरै सुधारहरु गर्न सफल भयौं। ३) के-के सुधार समग्रमा भनिदिनुस न??

- सबै बिषयका विशेषज्ञ चिकित्सकबाट सेवा दियौं ।
- मेडिकल अधिकृतको ब्यबस्था गर्यौं।
- रेडियोलोजिष्ट डिपार्टमेन्टमा नयाँ समानहरु ल्याएर सुधार गर्दैछौं।
- स्वास्थ बिमा सुरु गर्यौं र १५ /२० जनाबाट बढेर २०० सम्म बिरामीले सेवा पाउनुभयो।
- टाढाबाट आउने सबै डाक्टर लगायत नर्स सबैलाई गर्मिबाट छल्न सबै अस्पतालका ओपिडी कोठा लगायत युएसजी रुम तथा सबैमा एसि जडान गरि आनन्दको बाताबरण बनाइ बिरामीको सेवा गर्ने ब्यबस्थित बनायौँ।
- बिश्वबिधालयको परिसर सबै चौपाया रहित बनायौं।

४) कोरोनाको महामारीमा पुर्वान्चल बिश्वबिधालय शिक्षण अस्पतालको भुमिका कस्तो रहयो?? तथा प्रदेश सरकार र नगरपालिकाको  के- कस्तो सहयोग तथा भुमिका रहयो? र अहिले पनि पनि कोरोनाको असर के-कस्तो छ ?

- विश्व महामारीको रुपमा रहेको कोभिड -१९ ( कोरोना भाइरस) बाट मुलकभरीको जनजीवनमा गम्भीर असर देखा परेकोले  नेपाल सरकारले २०७६ चैत्र ११ गते  देखि लकडाउन गरेको हुँदा उक्त लकडाउनको समयमा अस्पतामा सो कोरोना भारसको पहिचान रोकथाम, नियन्त्रण तथा उपचारका लागि फिवर क्लिनिक संचालन गरि देश बिदेशबाट आएका शंकास्पद बिरामिहरुको चेकजाँच गरि आवश्यक परामर्श तथा सबन्धित स्थानमा पठाउने ब्यबस्था अबलम्बन गरियो। 

साथै कोरोना बाहेकका बिरामी समेतको उपचारमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्दै स्वास्थ्य सेवालाई अगाडि बढाउने कार्य सम्पन्न गरियो। यस कोरोना भाइरसको महामारीमा समेत आफ्नो ज्यानको प्रवाह नगरी दृढचित रहेर बिरामीहरुको सेवामा अहोरात्र खटिई कार्य गरेको हुँदा यसमा अस्पतालको अहम भुमिका रहेको छ । तथापि यस परिसरमा प्रदेशस्तरीय क्वारेन्टाइन संचालन भएको र क्वारेन्टाइनमा राखिएका बिरामीहरुलाई यसै अस्पतालबाट सेवा प्रदान गर्नुका साथै यस अस्पताल परिसरमा संचालित क्वारेन्टाइनहरुको उचित ब्यबस्थापन प्रदेश स्तरीय सरकारबाट गरेको सहयोग सराहनीय रहयो। 

यस अस्पतालमा संचालित फिवर क्लिनिकका सम्बन्धमा स्थानिय सुन्दरहरैंचा नगरपालिकाको प्रत्यक्ष समन्वयमा अस्पताल तर्फ आवश्यक पर्ने किट, गाउन लगायत समाग्रीहरुको उपलब्ध गराई जुन सहयोग भएको थियो उक्त सहयोग प्रति नगरपालिका परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु र नगरपालिकाबाट आफ्ना बाहिर बसेका नागरिकहरूलाई घर ल्याउने क्रममा आउने सबै नागरिकहरुलाई यसै अस्पतालबाट स्वास्थ्य सम्बन्धि चेकजाँच गराई सम्बन्धित स्थानमा लगेको  हुँदा पुर्वान्चल बिश्वबिधालय र स्थानिय नगरपालिका बिच सुमधुर सम्बन्ध स्थापित भएको कुरा नकार्न सकिँदैन।तसर्थ पुर्वान्चल बिश्वबिधालयप्रति स्थानीय नगरपालिकाको भुमिका सराहनीय रहयो। 

हाल लकडाउन खुलेतापनि कोरोना भाइरसको महामारी अन्त्य नभैसकेको हुँदा सो सम्बन्धमा यस अस्पतालबाट सचेतना अपनाई अस्पताल तर्फ आउने बिरामिहरुलाई सेवा प्रदान निरन्तर गर्दै आइरहेका छौँ । र भविष्यमा पनि अस्पतालबाट दिई आउने सेवाहरु अझ बढी प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता समेत ब्यक्त गर्न चाहन्छु।

५) अगामी योजना तपाईको के-के छन? मेडिकल कलेज बन्ने धेरै अगाडी देखि सुन्दै आएका छौँ , कसरी लिनु भएको छ ?
- पुर्वान्चल बिश्वबिधालयको शिक्षण अस्पतालको रुपमा बिगत लामो समय देखि संचालन रहेको अस्पताल जुन गतिबाट अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको देखिन्छ तथापि म नियुक्ति हुनु अगाडी अस्पतालमा न्यून चिकित्सकहरु रहेको साथै सेवा समेत न्यून रुपमा प्रवाह हुँदै आइरहेको र बिरामीहरुको चाप पनि कम नै पाइएको थियो। 

तत्पश्चात अस्पताल तर्फ विभिन्न बिभागका विशेषज्ञहरु नियुक्ति गरि अस्पतालमा सेवालाई अगाडी बढाउदै अस्पतालमा स्वास्थ्य बिमा लागू समेत गरि बिरामिहरुको चापलाई बढाउदै सेवा प्रदान  गर्दै आइरहेको जानकारी गराउदछु। अस्पतालमा अझपनि भवनको अभाव रहेको, अस्पतालिम उपकरणहरु अझपनि अपुग रहेको तथा जनशक्ति समेत न्यून रहेको छ।  

त्यसैले अगामी दिनमा अस्पताललाई अझ ब्यबस्थित बनाउने योजना अनुरुप अस्पतालको छुट्टै भवन बनाउनुपर्ने विभिन्न बिभाग अन्तर्गतका आवश्यक उपकरणहरुको खरिद गरि जडान गर्नुपर्ने, जनशक्तिहरुको आवश्यक ब्यबस्थापनका लागि प्राथमिकताका साथ योजनाहरु तर्जुमा गरिएको छ। तसर्थ यी कुराहरुको ब्यबस्थापन गर्न सकेमा मात्र अस्पतालको रुपमा यस संस्था अगाडी बढ्न सक्नेछ। र यस बिश्वबिधालयमा मेडिकल कलेज संचालन हुने कुरा लामो समय देखि चलिरहेता पनि आज सम्म पुर्णरुपबाट संचालनमा आउन नसकेको कुरा यथार्थ नै हो। 

तसर्थ मेडिकल कलेज संचालन गराउनका लागि आवश्यक भौतिक पुर्वाधार लगायत अस्पतालको उचित ब्यबस्थापन गर्नुका साथै यसमा नेपाल सरकार, बिश्वबिधालय तथा नागरिक समाजको प्रत्यक्ष भुमिका रहने भएकोले सबैले सकारात्मक सोच राखी अगाडि बढेमा यस बिश्वबिधालयमा आवश्य पनि यथासक्य चाडो मेडिकल कलेजको सपना साकार हुने निश्चित रहेको छ।

६) केन्द्रिय कार्यालय पनि अब त गोठगाँउ सरेछ यसमा तपाईको भुमिका के रहयो?
- पुर्वान्चल बिश्वबिधालयको केन्द्रिय कार्यालय यस अघि बिराटनगरमा रहेको हुँदा सो केन्द्रिय कार्यालय नेपाल सरकारले सो बिश्वबिधालयको केन्द्रीय कार्यलय सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँमा रहने छ भनी कानुन संशोधन गरेको हुँदा पुर्वान्चल बिश्वबिधालय केन्द्रिय कार्यालय गोठगाउँमा संचालन हुने भएकोले यस अस्पतालको थप ब्यबस्थित तरिकाबाट संचालन गर्ने, अस्पतालको भौतिक पुर्वाधार निर्माणको कार्यमा टेवा पुग्ने लगायतका ब्यवस्थापनमा केन्द्र स्तरबाट आवश्यक पहल हुने बिश्वास लागेको छ । 

तसर्थ यस अस्पतालको बिकास एवम बिस्तारका लागि अबका दिनमा केन्द्रिय कार्यालय गोठगाउँ मै रहने भएकोले आगामी दिनमा बढ्ने आशा लागेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.