Websoft University

उद्योग संगठन मोरंङ र मोरंङ व्यापार संघको संयूक्त प्रेश विज्ञप्ती


बिराटनगर साउन १२ गते । रातो तारा डट कम,कोरोना भाइरस (कोभिड १९) को उपचार पद्दतीको विकास भइनसकेको अवस्थामा यस्कोे संक्रमणबाट बच्न पर्याप्त सावधानी अपनाउदै व्यवसायलाई सञ्चालन गर्नुको विकल्प नभएको कुरालाई आत्मसात गर्दै उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले सामाजिक उत्तरदायित्व वहन गर्दे प्रदेश नं १ का सबै जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुलाई २ हजार थान मास्क, २४ वोतल स्यानीटाइजर र थप ५ लिटरको १ जार स्यानीटाईजर झोल सहयोग स्वरुप उपलब्ध गराईएको छ ।  

मास्क र स्यानीटाईजर हस्तान्तरण गर्दै संगठनका अध्यक्ष भीम घिमिरेले लामो समय जारी गरिएको लकडाउनका कारण अर्थतन्त्रका मेरुदण्डका रुपमा रहेका उद्योग व्यवसाय क्षेत्र नराम्रोसंग प्रभावित भएकोले सरकारले निर्दिष्ट गरेको सामाजिक दुरी कायम राख्ने, माक्स लगाउने, सावुन पानीले हात धुने तथा स्यानीटाइजरको नियमित प्रयोग गर्ने जस्ता उपाहरु अवलम्वन गर्दै यसको संक्रमणबाट वच्नु पर्ने वताउनु भयो । 

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले पछिल्लो समयमा संक्रमण वढ्न सक्ने उच्च जोखिमलाई दृष्टिगत गर्दै दुवै संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश नं १ भरिका सबै जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुलाई कोभिड १९ को संक्रमणबाट बच्न प्रयोग गरिने स्वास्थ्य सामाग्रीहरु माक्स तथा स्यानीटाइजर सहयोग गरेको वताउनु भयो । 

दुवै संस्थाले आयोजना गरेको एक कार्यक्रममा पूर्व संघिय तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेलाई ईलाम, पांचथर र ताप्लेजुङ जिल्लाको स्वास्थ्य सामाग्रि हस्तान्तरण गर्नु भयो भने वांकी रहेका अन्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुलाई संगठन र संघका तर्फबाट उक्त सामाग्रि वुझन अनुरोध गरिएको छ । 

उक्त कार्यक्रममा उद्योग संगठन मोरंग र मोरंग व्यापार संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, महिला उद्यम समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।  

२०७७ श्रावण १२ गते, सोमवार

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.