Websoft University

अवैध सामान सुर्ती, मल, लगाएत विभिन्न सामान बरामद


बिराटनगर साउन १२गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा न. ६ बरमपुरा केशलियारिङरोड स्थितमा जिल्ला सुनसरी देवानगन्ज गाउपालिका वडा नं.६ बस्ने बर्ष ३५ को अम्रेश मेहताले अवैध रूपमा भन्सार छलि गरी प्लाष्टिकको बोरामा प्याक गरी नेपालतर्फ ल्याउदै गरेको खैनी २ बोरा जिल्ला प्रहरी कार्यालय मोरङ र प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको ।

२) त्यसै गरी ऐऐ विहान अन्दाजी ०९:०० बजे जिल्ला मोरङ जहदा गाउपालिका वडा नं. ०३ स्थित लक्ष्मिनिया नजिकै सडक किनारामा अवैध रूपमा भन्सार छलि गरी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले २० बोरा खैनी फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको६  ।

मोरङ विराटनगर महानगरपालिका वडा नं. १४ जतुवा नहर स्थित सडक किनारामा अवैध रूपमा चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेको ११ बोरा (५५० केजी) खादमल जिल्ला प्रहरी कार्यालय मोरङ तथा CRV जतुवाबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको ।

मोरङ जहदा गाउपालिका वडा नं. १ भुटाहा स्थित जिल्ला मोरङ जहदा गाउपालिका वडा नं. १ बस्ने बर्ष २५ को राज किशोर साह र नन कुमार शर्माले अवैध रूपमा भन्सार छली भारतबाट नेपाल निजको घर पेटीमा ५० केजी तौल भएको ४३ बोरा खाद मल, चिनी ५० किलोको १ बोरा, सलाई ३ बण्डिल र खाने तेल ३० लिटरको २ टिना गरी जम्मा अन्दाजी ४८,२०० मुल्य बराबरको मालसामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा पठाईएको६  ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.