Websoft University

२४ घन्टामा नेपालमा ३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु


काठमाण्डौ साउन १२ गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घन्टामा तीन जनाको कोरोना सङ्क्रमणका मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा तीन जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाराको फेटा गाउँपालिका वडा नम्बर ३ का ६० वर्षका पुरुषको आज बिहान उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो  । उहाँले कोरोना सङ्क्रमित ती पुरुषमा मस्तिष्कघात, निमोनिया र मिर्गौलाका पीडित रहेको पनि बताउनुभयो । यस्तै हिजो पर्साका एक जना ६५ वर्षका भारतीय नागरिकको गण्डक अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने हिजै धनुषाको शहिदनगर नगरपालिका ८ का ३६ वर्षका एक जना पुरुषको पनि कोरोना सङ्क्रमणका कारण मृत्यु भएको प्रवक्ता डा गौतमले बताउनुभयो । कोरोना सङ्क्रमित ती व्यक्तिलाई स्वास्थ्यमा समस्या भएपछि थप उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको डा. गौतमले बताउनुभयो । योसँगै प्रदेश नम्बर २ मा मात्रै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ भने नेपालमा मृत्यु हुनेको संख्या ४८ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा १ सय ३९ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । डा. गौतमले विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै नेपालमा कोरोना सङ्क्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको बताउनुभयो । यस्तै पछिल्लो २४ घन्टामा ६ सय २३ जना कोरोना सङ्क्रमित स्वस्थ भएको भन्दै उहाँले नेपालमा हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १३ हजार ७ सय ५४ पुगेको जानकारी दिनुभयो । हालसम्म नेपालका ६ जिल्ला कोरोना सङ्क्रमण मुक्त भएको पनि उहाँले उल्लेख गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.