Websoft University

उदयपुरको ताप्ली गाउँपालिका–३ ईनामेमा पसुपंक्षि र कुखुरामा वर्डफ्लु भेटियो ।


श्याम राई-गाईघाट, १७ फागुन । रातो तारा डट कम, उदयपुरको ताप्ली गाउँपालिका–३ ईनामेका किषानहरुले थालेको लोकल जातको कुखुरा लगायतका पशु पंक्षिहरुमा वर्डफ्लु भेटिएपछि स्थानीय बासिन्दा त्रसिद बनेकाछन् ।

ईनामेका कृषक होम वहादुर मगर चक्र वहादुर मगर र वम वहादुर तामाङ्ग लगायतले गाउँमा पालेको कुखुरा धमाधम मर्न थालेपछि कुखुरको परिक्षणबाट वर्ड फ्लु पुष्टि भएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डा.अजय साहले बताए ।

‘गाउँमा एक साता अघि देखि नै कुखुरा मर्न थालेको रहेछ हामीलाई जानकारी गराएपछि मरेको कुखुराको परिक्षण गराउदा वडफ्लु देखियो ।’ डा. साहले भने ।

उनले विराटनगरमा प्रारम्भिक परिक्षणपछि केन्द्रिय पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा थप परिक्षण बाट वर्डफ्लु पुष्टि भएको बताए ।

ईनामे क्षेत्र आसपासका किषानको सोमबार साँझ सम्म १ हजार ६ सय २५ पन्छि मरेको तथ्याकंमा आएको उनले बताए । गाउँमा पालेको २० वटा लियर्स, ५ वटा जंगली पंक्षि र ३ वटा परेवाको नमूना परिक्षण गरिएको उनले बताए । झण्डै १५ दिन अघि कटारीबाट केही विक्रेताले थारो लियर्स र ब्रोईलर जातको कुखुरा गाउँमा विक्री गरेका थिए । गाउँमा तिनै कुखुराबाट वर्डफ्लु भित्रिएको हुन सक्ने आशंका गरिएको छ ।‘ भोलि पल्टदेखि नै आफूले पालेको कुखुरा झोक्राएर मर्न थालेको कृषक वम वहादुरले बताए । चल्ला किनेकै भोलि पल्टदेखि आफ्नो १ सय कुखुरा मरेको उनले बताए ।

डा.साहले सोमबार देखि सो क्षेत्र पूरै सिल गरिएको बताए । कुखुरा विक्री वितरण र आयातमा पूरै रोक लगाईएको जानकारी उनले दिए । रोग फैलिएको स्थानमा पंक्षि नष्ट गर्नको लागि विराटनगरबाट चार जना विशेषज्ञको टोली मंगलबार राती सम्म पुगिसक्ने उनले बताए ।

ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धब सिंह थापाले कृषकले पालेको कुखुराको तथ्याकं संकलन गरिएको बताए । झण्डै ५ हजार पंक्षि रहेकोले ति सबै नष्टगरिने बताए ।‘ चार ठाउँमा लोकल कुखुरा  ४ हजार २ सय, २ सय २५ परेवा ९ सय हास, र ३५ वटा टर्की नष्ट गर्न लागिएको अध्यक्ष थापाले बताए ।

उनले मंगलबार राती आईपुग्ने विशेषज्ञ सहितको टोलिले बुधबार विहान देखि कुखुरा लगायतका पंक्षिहरुनष्ट गर्ने बताए ।

बर्डफ्लु मान्छेमा फैलन नदिन अहिले गाउँपालिकाले सुरक्षा सर्तकर्ता अपनाउन भन्दै गाउँ, गाउँ पुगेर सचेतना कार्यक्रम गरिरहेको उनले बताए ।





                                                   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.