Websoft University

ईसेवा मार्फत कर तिर्न मिल्ने पहिलो नगर बन्यो सुन्दरहरैंचा


शिव भट्टराई,मोरङ।रातो तारा डट कम,सुन्दरहरैंचा नगरपालिका मोरङ्ग जिल्लामा रहेको नगरपालिकाहरू मध्य भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा बाट कर तिर्न मिल्ने सेवा सञ्चालन गर्ने पहिलो नगर बनेको छ।


सोमबार सुन्दरहरैंचा नगरपालिकामा भएको कार्यक्रममा नगरपालिकाले अनलाईन बाटै कर तिर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको जानकारी गराईएको छ।

नगरलाई प्रविधि मैत्री बनाउने क्रममा अनलाइनमार्फत राजस्व भुक्तानी सेवा सञ्चालनमा ल्याएको नगर प्रमुख शिव प्रसाद ढकालले बताएका छन्।उनले अब करदाताहरुले सम्पत्ति तथा भूमी, व्यवसाय र घरबाहल कर भुक्तानीको लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नु नपर्ने बताएका छन्।

सोमबारदेखि सबै करदाताले बिधुतिय प्रणालीमार्फत झण्झट बिना

बिधुतिय भुक्तानीको माध्यम इसेवाबाट नगरपालिकाको कर भुक्तानी गर्न सकिने राजस्व प्रमुख बाबुराम भट्टराईले बताएका छन्। त्यसैगरी विद्युतीय भुक्तानीबारे करदातालाई नगरपालिकाले आवश्यक शिक्षा दिने प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले बताएका छन्।

करदाताले कर तिर्न इ–पोर्टलमा विवरण भरेर दर्ता गराएपछि इसेवा डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोबाइलबाटै कर भुक्तानी गर्न सकिने प्राविधिक सहयोग रहेको सांग्रीला इन्फरमेटिक्सका सिनियर सपोर्ट अफिसर दिवस लामिछानेले बताए।

अनलाइन मार्फत कर भुक्तानी सेवाले गर्दा  सम्बन्धित कर तिर्न जाने ठाउँमा भीडभाड कम हुने र सेवाग्राहीको समयको बचत हुने

सुन्दरहरैंचा नगरपालिका वार्ड नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.