Websoft University

भोलेश्वर शिवालय मन्दिरको साधारण सभामा जग्गादातालाई सम्मान


शिव भट्टराई-मोरङ असोज ३० गते आइतबार | रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा ४ स्थित भोलेश्वर शिवालय मन्दिरको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त साधारण सभाको अवसरमा समाजसेवी प्रमुख जग्गादाता रामप्रसाद काफ्ले तथा गंगा देवी काफ्लेलाई दोसल्ला ओढाई ताम्रपत्र सहित सम्मान गरिएको थियो।

मन्दिर परिसरमा भएको साधारण सभामा जिल्ला समन्वय समिति मोरङका सभापति अजम्बर राईको प्रमुख आतिथ्यता रहेको थियो भने भोलेश्वार शिवालय मन्दिरकी उपाध्यक्ष लोकमाया पोख्रेलको अध्यक्ष्यता रहेको थियो।आईतबार सम्पन्न गरिएको साधरण सभाको अवसरमा नयाँ कार्य समिति समेत चयन गरिएको थियो। 


अध्यक्ष भोला भट्टराईको देहान्त पछि रिप्त रहेको अध्यक्ष पदमा भिम प्रसाद घिमिरे चयन भएका छन् । त्यसैगरी सचिवमा केशव चौहान, सहसचिवमा विमल भट्टराई, कोषाध्यक्षमा गेहनाथ भट्टराई, सदस्यमा चन्द्रलाल गौतम, अशेस्वर पेश्कर, गंगा ब. पाण्डे, काजिकुमार तिमल्सिना, सरस्वती बस्नेत चयन भएका छन्। 


कार्यक्रममा संस्थाका सदस्य गंगा प्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने साधारण सभामा विशिष्ठ अतिथि वार्ड नं ४ का वडा अध्यक्ष कैलाश बस्नेत, अतिथि जेष्ठ नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष राम कुमार कार्की लगायत विभिन्न भजन कीर्तन समूहका प्रतिनिधिहरू, सामाजिक, राजनीतिक साथै धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रम संस्थाका सचिव मोहन ढकालले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.