Websoft University

घटस्थापना,आजबाट दशैं सुरु–घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखीदै,


बिराटनगर आसोज १२ गते । रातो तारा डट कम,आजबाट बडादशैं सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि दशैं सुरु भएको हो । घटस्थापनाको साइत खोज्नेहरुका लागि भने नेपाल बिहान १० बजेर ३५ मिनेटको समय उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दशैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन आज पूजा कोठा, दशैंघर अथवा कोतमा दीयो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । घटस्थापनाको दिन पूजा कोठामा घंैटो अथवा घडामा जलभरी माथिपट्टि आँप चाप वा वर पीपलको पात राखेर घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । 

कलश स्थापना गरी नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा वा माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाई धुवाई गरी चोखो भएर पूजा कोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ । नवदुर्गा भवानीको १० दिनसम्म पूजा गर्ने गरिन्छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ । 

यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिशेक पनि लिने चलन छ । यसरी लिइएको जलले आयु बढ्ने र राम्रो स्वास्थ्य हुने धार्मीक विश्वास छ । 

असोज २१ गते मंगलबार विजया दशमीका दिन टीका लगाउने उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको समितिले जनाएको छ । त्यही दिन बिहान ८ बजेर ४५ मिनेटमा घटस्थापनाका दिन थापिएको देवी भगवतीलाई बिसर्जन गरिने शुभ साइत रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.